spot_img

चैते धानको रोपाइ आधुनिक मेसिनबाट (भिडियोसहित)

चितवन । चितवनमा आधुनिक मेसिनको प्रयोगबाट चैते धानको रोपाइ सुरु गरिएको छ। विगतमा मान्छेले धेरै समय लगाएर धान रोप्ने गरेको चितवनका विभिन्न क्षेत्रमा यसपटकबाट मेसिनले धान रोप्न थालेको हो। यहाँका बछौली र कुमरोज साना किसान कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने मेसिन उपलब्ध गराएको थियो।

उक्त मेसिनको मूल्य करिब २० लाख पर्छ।चीनबाट आएको जापानिज प्रविधिको उक्त मेसिनको प्रयोगले थोरै खर्चमा धेरै उत्पादन दिने परियोजना कार्यान्वयन ईकाई चितवनका धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिलो वर्ष यी मेसिनहरुले करिब ५० विघा क्षेत्रफलमा धान रोप्नेछन्। चितवनमा ५ हजार हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान रोपिन्छ। यस मध्ये परियोजनले ३ हजार हेक्टर क्षेत्रलाई हेर्ने गरेको छ। चैते धानको उत्पादन राम्रो भए आगामि असारमा ती क्षेत्रका सबै खेतमा मेसिनको प्रयोग गर्ने तयारी रहेको पौडेलले बताउनुभयो । आधुनिक मेसिनबाट धानकाे राेपाइकाे शुभारम्भ अघिल्लाे वर्षबाट नै भएकाे थियाे ।

ताजा समाचार

सम्बन्धित समाचार