सिद्धिका चेपाङलाई घाँसको विरुवा

– होमनाथ सापकोटा


रत्ननगर – कालिका नगरपालिका वडा नम्बर १० र ११ अन्तर्गत पर्ने सिद्धिका चेपाङको आय आर्जनको लागि घाँसको विरुवा वितरण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले सञ्चालन गरेको सिद्धिको विकासमा एक कदम नामक परियोजनाले सिद्धिका ६५१ घर परिवारलाई घाँसको विरुवा वितरण गरेको हो ।

आर्थिक अबस्था कमजोर भएका चेपाङहरुलाई पशुपालनमा अग्रसर बनाउन घाँसका विरुवा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो ।

चेपाङले गरेको घाँस खेतिले भूक्षय पनि रोक्ने र बाख्रापालनमा समेत सहज हुने भएकाले बाईनो र इपिलको विरुवा सिद्धिका सबै घर परिवारलाई वितरण गरिएको गिरीले बताउनुभयो ।

चेपाङलाई घाँसको विरुवा वितरण गर्नकै लागि परियोजनाले तीन दोभानमा नर्सरी तयार गरेर विरुवा उत्पादन गरेको थियो । चेपाङको आयआर्जनको लागि अम्रिरो,फलफुलका विरुवा र ३० जना किसानलाई १० वटा घारको दरले ३०० वटा मौरीकोघार वितरण गर्ने कार्यक्रम रहेको इम्प्याक्टका कार्यक्रम संयोजक सुजन बस्नेतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here