spot_img

बालबच्चाकाे माेटाेपन कसरी घटाउने ?

बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन।

त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ।

तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।

ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ।

के मा ध्यान दिने?

सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत छन् ।

अध्ययनमा ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र तौलको अनुपात कम देखिएकाे पाइएकाे थियाे ।

बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित हुने गरेकाे अध्ययनले देखाएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार