एकैपटक २७ गाईलाई सुत्केरी भत्ता

पाँचथर –

फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भत्ता दिइएको हो ।

गाई सुत्केरी भएपछि तीन महिनासम्मकालाई भत्ता दिइएको छ । गाई पालनमा लागेका कृषकलाई हौसला प्रदान गर्नुका साथै  गाई सुत्केरी हुँदा स्याहार गर्न थप सहयोग पुगोस् भन्ने उदेश्यले सुत्केरी भत्ता दिन थालिएको वडाध्यक्ष बहादुरसिं नेम्बाङले वताउनुभयो ।

यो कार्यलाई आउँदो वर्षमा पनि निरन्तरता दिँदै जाने उहाँको भनाई रहेको छ । यस वडामा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ वटा र घुम्ती कोषबाट १० वटा गरी ६४ वटा उन्नत जातको गाई पालन गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here