खेती योग्य फाँटमा इट्टा उद्योग र बस्ती भरिँदा तरकारी उत्पादन घट्याे

फाइल तस्विर

धादिङ – जिल्लालाइ तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लाभर ७२ हजार ७ सय ६० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । आर्थिक वर्ष २०७४–०७५ मा दुई अर्ब १८ करोड २५ लाखको तरकारी उत्पादन भएको छ ।

अघिल्लो वर्षमा दुई अर्ब ७६ करोड भन्दा बढी मूल्यको तरकारी जिल्लाबाट बिक्रि भएको थियो भन्ने यो अघिल्लो वर्षको तुलनामा ५० करोड कमी हो । धादिङ जिल्ला भर ११ वटा कृषि सहकारीले तरकारी संकलन गरी देशका विभिन्न शहरहरुमा विक्रिका लागि पठाउने गर्दछन् । जिल्लाको नौबिसे, जीवनपुर, छत्रेदेराली, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी, भुमेस्थान, सलाङ, बेनिघाट लगायतका ठाउँहरु व्यावसायिक तरकारी लागि पकेट क्षेत्र हुन् ।

वार्षिक १० हजार तरकारी जिल्लाभित्र निर्यात भई राजधानी काठमाडौँ, चितवन, पोखरा लगायतका शहरमा निर्यात हुने गर्दछ । राजधानी काठमाडौँको कालीमाटी तरकारी बजारमा मात्र २० प्रतिशत हरियो तरकारी निर्यात गर्दै आइरहेको छ । भन्ने खेती योग्य फाँटमा इट्टा उद्योग र बस्ती बसाल्ने क्रम बढ्दै जाँदा तरकारी उत्पादन र क्षेत्रफल बिस्तारै कमी हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए ।

सरकारले कृषि क्षेत्रको बिस्ताका लागि युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न अनुदानहरु राखेर कषि पेशामा युवाहरुको आकर्षक देखाए पनि युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न सहुलीयत र अनुदान दिन थाले पनि यस पेशातिर युवाहरुको खासै चासो देखिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here