व्यापारिले गराए माछाको कृत्रिम अभाव

काठमाडौं – सरकारले क्वारेन्टाइन नीतिको व्यवस्था गरेपछि भारतबाट अस्वस्थ माछा प्रवेशमा रोक लागेको छ । मान्छेको मुर्दालाई नसडने बनाउन प्रयोग गरिने खालको केमिकल प्रयोग गरेर भारतबाट माछा नेपालमा ल्याइ बेच्ने गरेको थाहा पाए पछि सरकारले माछा प्रवेशमा रोक लगाएको थियो ।

भारतिय अस्वस्थ माछा बेचेर नेपालीको स्वास्थ्यमा खलल पुर्याउने विरुद्ध सरकार कडाइका साथ उत्रिएपछि व्यापारीले बजारमा माछाको कृत्रिम अभाव गराएका छन् । पशु शेवा विभागका अनुसार अहिले नेपाललाई पुग्ने ९० प्रतिशत माछा नेपालमा नै उत्पादन हुने गरेको छ ।

तर नेपाल र भारतका व्यापरीको मिलेमतोमा भारतबाट मरेको माछा नेपालमा ल्याएर बेच्ने गरिएको छ । सरकारले त्यसलाई रोक्न नाकामा कढाइ गरेपछि ब्यापरि आक्रोशित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here