रोगको कारक जीवाणु (Pyricularia oryzae) (ढुसी)
रोगका लक्षणहरु : पातमा, आख्लामा, बालाको अंगहरुमा वा दानामा दुवैतिर चुच्चो भएको ससाना सेता टिका बिचमा भएका लाम्चिला खैरा थोप्लाहरु देखिन्छन् । धेरै रोग लागेको पात डढेको जस्तो देखिन्छ र सुक्छ ।
बालाको फेदमा आक्रमण भएमा खैरो रङ्गको दाग बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा हुन्छ र बालाको ठीकमुनीबाट भाचिन्छ । बालाको घाँटीमा लाग्ने यस प्रकारको रोगलाई घाँटी मरुवा (neck blast) भनिन्छ ।
रोग कसरी र्फैलिन्छ?
ओसिलो र न्यानो (२१ डिग्री सेल्सीयस तापक्रम)। रोगी वीउ, संक्रमित पानी, परालका ठूटा तथा बैकल्पिक आश्रय दाता झारपातहरु बाट रोग फैलिन्छ । शितका थोपाहरु रहिरहने र नाईट्रोजन मलको बढी प्रयोगले बिरुवा कलिला र हरिया हुन्छन् यस्तो परिस्थितिमा ढुसी संक्रमण सजिलै हुन्छ र रोग माहामारीको रुपमा फैलन्छ ।
उष्णप्रदेशीय हावापानी भएको ठाउँमा बर्षैभरि हावामा वीजाणु पाईन्छ । शितोष्ण जलबायु भएको ठाउँमा बिरुवाको शेष अंग वा वैकल्पिक आश्रयदाता बोटमा रोगका जिवाणु बांच्दछ । मरुवा रोगको प्रकोप पानी जम्ने खेतमा भन्दा सुख्खा खेतमा ज्यादा हुन्छ ।
रोग व्यवस्थापनका उपायहरु :
रोग अबरोधक वा कम लाग्ने जातहरु जस्तै : कन्चन, खुमल २, खुमल ४, खुमल ५, खुमल ६, खुमल ७, खुमल ८, खुमल ९,खुमल १०, खुमल ११, खुमल १३, माछापुछ्रे ३
परवानीपुर १,जानकी, खजुरा २,राधा ४, राधा ७,राधा ११, राधा १२, राधा १३, हर्दिनाथ १, हर्दिनाथ २, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५, सुख्खा ६,स्वर्णा सव १ आदि लगाउने ।
निरोगी वीउको प्रयोग गर्ने । रोगबाट ग्रसित भएको खेतबाट वीउ छनोट नगर्ने । नर्सरी वनाउँदा सम्भव भए सम्म हिले व्याड राख्ने ।
नाइट्रोजनयुक्त मल युरियामात्र प्रयोग नगरी फस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्ने धान रोप्दा वाक्लो गरी नरोप्ने । २०×२० से.मी.को दुरी र एक ठाउमा दुई वेर्ना मात्र रोप्ने ।
खेतवारी, आली तथा वरिपरि रहेका अन्न बाली जातको झारपात हटाई खेत सफा राख्ने ।
कार्बेन्डाजिम ५०% डब्लुपि ३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरी व्याड राख्ने
ट्राइसाइकाजोल ७५ % डब्लुपि २ ग्राम वा कार्वेन्डाजिम ५० % डव्लुपी १ ग्राम वा कासुगामाइसिन ३ प्रतिशत
एसएल १.५ मि.लि.प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक छर्ने ।