एजेन्सी – हामी पौष्टिकताको नाममा दिनहुँ अण्डा खाइरहेका हुन्छौ । विरामी हुँदा या स्वस्थ्व व्यक्तिले पनि खान सक्ने अण्डा दैनिक कती खाने भन्ने बारेमा भने कमै मानिसलाई मात्र जानकारी हुन्छ । वैज्ञानिकहरु पनि दैनिक कती अण्डा खाने भन्नेमा एकिन छैनन् ।
यसै सम्बन्धमा विश्रवका वैज्ञानिकहरु अनुसन्धान जुटिरहेको छन् । तीनै अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार दिनमा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई नोक्सानी पुर्याउने र अकालमै ज्यान जान सक्ने औल्याएका छन् ।
अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो ।
उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो । अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन ।
उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन ।
दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशः २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ । पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ । तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए । -बीबीसी