काठमाडौं, असार १६ – वन तथा वातावरण मन्त्रालयको तत्वावधानमा विभिन्न प्रजातिका एक लाख ३३ हजार ९ सय ३८ बिरुवा रोपण गरेका छन् ।
राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा विभिन्न ५३ जिल्ला वन कार्यालयले एकैदिन विभिन्न कार्यक्रम गरी उक्त बिरुवा रोपण गरेको मन्त्रालयले जनाएको छ ।
वन कार्यालयले चाप, रुद्राक्ष, गोब्रेसल्ला, नरिवल, आप, जामुन, सिसौँ, अमला, ओखर, कोइरालो, तेजपात, धुपी, बाँस, अशोक, टिमुर, कपुर, बकाइनो, अमृसोलगायत प्रजातिका बिरुवा रोपेको हो ।