मासिक डेढ लाख रुपैयाँ कमाउने युवाको आग्रह – नेपालमा नै सम्भावना खोजौं

सप्तरी – नेपालमा रोजगारीको सम्भावना नदेखेर लाखौं नेपाली युवा दिनानु दिन विदेश गइरहेका छन् । शैक्षिक प्रमाणपत्र झोलामा राखेर खाडि देशमा भासिन युवाको आर्कषण दिनानुदिन बढ्दो छ । नेपालमा सम्भावनाको कुनै खोजी नै नगरी पलायन हुने युवाको भिडमा सप्तरीका एक युवा उदाहणिय पात्र बनेका छन् ।

सप्तरीको तिरहुत गाउँपालिका– ६ स्थित वसनतपुरका अर्जुन सापकोटाले आफ्नै २ कठ्ठा ८ धुर जग्गामा धनलक्ष्मी फार्म खोलेर साना–ठूला गरी ३५ वटा गाई पालेका छन् । २७ वर्षीया सापकोटाले गाईपालनबाट दैनिक ७०/८० लिटर दूध उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । हुन त उनी पनि पैसा कमाउने लहरमा लागेर दुवईमा २ वर्ष पसिना बगाएर स्वदेश फिर्ता आएका पात्र हुन । तर, दुवईमा १२ घण्टा काम गर्दा पनि श्रम काम अनुसारको पारिश्रमिक नपाएका उनको दिमागले बल्ल नेपालमा नै केही गर्न सकिन्छ की भन्ने सोच आयो । नेपालमा सम्भावनाको खोजी गर्दै नेपाल फिरेका उनले गाउँ घरमै गाइपालन गरेर मनग्य कमाएका छन् ।

दूधसँगै उनले गाईको गोबर र बाच्छा–बाच्छी पनि बिक्री गर्छन् । उनले गाईको दुध, बाच्छा र गोबरबाट मात्रै मासिम एक लाख ६० हजार रुपैयाँ कमाउँदै आएका छन् । आफूले विदेशमा पाएको दुखले मात्र नेपालमा सम्भावना देखेको भएपनि नेपालमा सम्भावनाको खोजि नै नगरि विदेशिने युवालाई एकपटक नेपालमा नै केही गर्न सकिन्छ की भन्ने बारेमा सोच्न पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here