बर्दघाटमा चार दिने ‘व्यबसायिक गाईभैंसी पालन’ सम्बन्धी तालिम हुने

फाइल तस्विर

नवलपरासी । मधुवन कृषि बहुउद्देश्यीय सहकारीको आयोजनामा नवलपरासीको बर्दघाटमा चार दिने ‘व्यबसायिक गाईभैंसी पालन’ सम्बन्धी तालिम हुने भएको छ ।

पुस ७ देखि १० गतेसम्म आयोजना हुने तालिमलाई भेट नेपालले प्राविधिक सहयोग उपलब्ध गराउने मधुवन कृषि सहकारीले जनाएको छ । तालिममा ‘व्यबसायिक गाईभैंसी पालन’ सम्बन्धी विभिन्न १४ वटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

तालिममा सहभागिताका लागि पुस ५ गते साँझ ५ बजेसम्ममा नाम दर्ता गराउनुपर्नेछ । दर्ताका दागि नागरिकताको प्रतिलिपि सहित १ प्रति पार्सर्पोट साइजको फोटो ल्याउनुपर्ने आयोजकले जनाएको छ ।

 

Leave a Reply