फूलमा नेपाल आत्मनिर्भर, वार्षिक ३० करोडभन्दा धेरैको कारोवार

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – तिहार नजिकिए सागै फूलको कारोबारमा वृद्धि हुने फुल व्यवसायिहरुले बताएका छन् । गत वर्षहरु जस्तै यस वर्ष पनि तिहारमा मालाको राम्रो व्यपार हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । व्यवसायिका अनुसार यो वर्ष फूलको मालाको व्यापार लगभग १० करोड बराबरको हुनेछ ।

यसमध्ये तिहारको लागि सवैभन्दा बढि सयपत्री तथा मखमली फूलको कारोबार हुने जनाईएको छ । मखमली मालाको व्यवसायिक खेति भक्तपुर र ललितपुरका विभिन्न स्थानमा थुप्रै किसानले गर्दै आएका छन् ।

सयपत्री फूलको व्यवसायीक उत्पादन भएका जिल्लाहरुमा धादिङ्ग, चितवन, धनुषा, मकवनपुर, झापा, काभ्रे, काठमाण्डौ, भक्तपुर ललितपुर लगायतका पदर्छन । तिहारमा गोदावरी फूलको माला लगभग १० हजारको हाराहारीमा हुने एसोसिएसनले जनाएको छ ।

सयपत्री फूलको माला बार्षिक ६१,२०,००० वटा खपत हुने एशोसियनले जनाएको छ । एक वर्षमा रु ३०.६० करोडको नेपालमा फुलको कारोवार हुने गरेको छ । त्यसमध्ये तिहारका लागि मात्र ९.२५ करोडको कारोवार हुने गर्दछ । फुलमा नेपाल शतप्रतिशत आत्मनिर्भर भएको जनाइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!