नेपालगञ्जमा खाद्य मेला

नेपालगञ्ज

पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको हो । पश्चिम नेपालमा पाइने पोषिला खाद्यवस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न खाद्य मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्स्ना श्रेष्ठले बताउनुभयो  मेलामा साविक मध्यपश्चिमका विभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्यवस्तुको प्रदर्शनी तथा बिक्री कक्ष गरी ६० कक्ष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here