यसरी गर्नुहोस् खोरेत रोगको पहिचान तथा उपचार

गाईभैंसीहरूमा लाग्ने प्रमुख रोगहरू मध्ये खोरेत पनि एक हो ।  यो विषाण्ुाको कारणले गर्दा लाग्ने भाइरल रोग हो । यदि गाईभैंसीहरूमा यो रोग लाग्यो भने कसरी व्यवथापन गर्ने त ? यसका लक्षणहरू र रोकथाम तथा उपचार हेर्नुुहोस् ।

लक्षणहरू:
-यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४–१०६ डिग्री फरेनहाइट) आउँछ । विस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ ।
-मुख वरिपरि विशेषगरी गिजा र जिब्रोमा स–साना फोकाहरू आउँदछन् ।
-यस सँगसँगै खुट्टाको खुरको कापमा पनि फोकाहरू आउँछन् र पशु खुट्टा खोच्याएर हिड्छ र पछि लङ्गडो हुनसक्छ ।
-मुख वरिपरि घाउ आउने भएको कारण ¥याल चुहाउँछ ।
-यस रोगले ठूला माउहरू भन्दा पाठापाठीलाई बढी असर पु¥याउँछ ।
-कहिलेकाहीँ खोरेल रोगका कराण थुनेलोको समस्या पनि देखिन्छ ।
-ब्याउने माउहरूमा गर्भ तुहिने समस्या देखिन सक्छ ।

रोकथाम तथा उपचारः
-मुखको घाउलाई १ प्रतशितको पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गरिदिने ।
-खुरका घाउलाई पोटास पानीले धोएर हिमैक्स वा लोरेक्जेन मल्हम लगाउनु पर्छ वा २ प्रतिशत निलोतुथोले घाउ सफा गर्न सकिन्छ ।
-खुट्टाको घाउमा फिनेल प्रयोग गर्न पनि सकिन्छ ।
-घाउहरुमा अन्य जिवाणु प्रवेशगरी सत्रंmमण हुन नदिनको लागि पशुलाई एन्टीवायोटिक सुई लगाउन सकिन्छ ।
-खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरत विरूद्ध खोप लगाउनुपर्दछ । ६ महिनाको उमेर पुगेपछि पहिलो पटक खोप लगाउने र प्रत्येक वर्ष दोहो¥याउने । बढी देखिने ठाउँमा ६–६ महिनामा दोहो¥याउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here