मोटोपनाको समस्या र मुटुको रोगीका लागि लसुन र मह अचुक औषधि (बनाउने तरिकासहित)

एजेन्सी –

लसुन हाम्रो समाजमा सहज रुपमा पाइन्छ । मह पनि हामीले प्राय सेवन गरी रहेका हुन्छौ । हामीले दैनिक रुपमा सेवन गर्ने लसुन र महका फाइदाका बारेमा हामी जानकार भने नभएको पनि हुन सक्छौ ।

महमा एन्टिबायटिक, एन्टिब्याक्टेरियल गुण र लसुनमा एलिसिन र फाइबर रहेको हुन्छ । यस कारण लसुन र महमा धेरै प्रकारको पोषक तत्व पाइन्छ । हामीलाई यी दुबै चिज मिलाएर खाएमा मानव स्वास्थ्यका लागि के फाइदा पुर्याउँछ भन्ने थाहा नहुन सक्छ । महमा डुबाइएको लसुन खाएमा धेरै किसिमका रोगबाट बच्न सकिन्छ । यो एक किसिमको सुपर फुड हो ।

यसले शरीरमा भएको विभिन्न संक्रमणलाई पनि हटाउँछ । यदि तपाईले ७ दिनदेखि महमा डुबाइएको लसुन खाएमा मानव स्वास्थयमा देखिने विभिन्न खाले सस्यस्याबाट मुक्ति पाउन सकिन्छ ।

मुटुका लागि फाइदा

लसुन र महको पेस्ट बनाएर खाएमा मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गरेमा धमनीमा जम्मा भएको बोसोलाई पनि बाहिर निकाल्छ । ब्लड सर्कुलेशन ठीक ढंगले हुने गर्छ । जुन मुटुको लागि निकै फाइदाजनक हुन्छ । यी दुइटालाई मिलाएर खाएमा कोलेस्ट्रोल कम हुन्छ ।

दाँतको समस्या हल हुन्छ

मह र लसुनमा रहेको फास्फोरसले दाँत मजबुद बनाउँछ । यसले दाँत सम्बन्धित सम्पूर्ण रोग लाग्नबाट बचाउँछ । घाँटीको दुखाई र सुन्निने समस्या हट्छ, मह र लसुनको पेस्टमा एन्टिइन्फ्लेमेन्टरी गुण पाइन्छ ।

यसको सेवन गरेमा घाँटीमा हुने दुखाई, सुन्निने समस्याबाट आराम मिल्ने छ ।यसको प्रयोग गरेमा प्रतिरक्षा प्रणाली बलियो हुन्छ र विभिन्न किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला
यदि तपाईलाई पटक–पटक झाडापखालाको समस्या हुन्छ भने मह र लसुनको पेष्ट प्रयोग गर्नुहोस् । यसको सेवन गरेमा पाचन प्रणाली ठीक ढंगले काम गर्न थाल्छ भने पेट सम्बन्धि कुनै पनि संक्रमण हुन पाउँदैन ।

फंगल इन्फेक्सनबाट राहत

यी दुईवटामा एन्टिब्याक्टेरियल गुण हुने गर्छ । जसले फंगल इन्फेक्सन हुनबाट बचाउँछ ।

मोटोपना घटाउँछ

मह र लसुन मिलाएर सेवन गरेमा शरीरको तौल पनि कम हुन्छ । मोटोपनाबाट पनि छुटकारा मिल्छ ।

चिसोबाट राहत

महमा डुबाइएको लसुन सेवनबाट शरीरमा गर्मी उत्पन्न हुन्छ । यसकारण रुघाखोकी लगायत चिसोबाट लाग्ने रोगहरुबाट बच्न सकिन्छ ।

बनाउने तरिका :
लसुनलाई हल्का तरिकाले कुट्ने । त्यसपछि त्यसमा शुद्ध मह मिलाउनुहोस । यसलाई केही दिन यत्तिकै राख्नुहोस । ताकी लसुनमा पूर्णरुपमा मह लागोस । यसरी तयार पारिएको पेष्टलाई विहान खाली पेटमा ७ दिसम्म सेवन गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here