बागलुङ, चैत २४ – पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार ९हनी हन्टिङ०’ महोत्सव आजबाट शुरु हुनेभएको छ ।
निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा हुने सो महोत्सवमा निलुवाका मौरी भिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो ।
उहाँले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिनेछन् ।
“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष सुवेदीले भन्नुभयो, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।”
गलकोटका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार महोत्सव गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सवले निलुवा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजक समितिका सदस्य ईश्वर सुवेदीले बताउनुभयो । “विरलै हुने गरेको मह शिकार गलकोटमा गर्दैछौँ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।”
महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । हालसम्म रु एक लाख ८० हजार संकलन भएको आयोजकले जनाएको छ ।
भिर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा यसको व्यावसायिकीकरणको सम्भावना उच्च रहेको वार्ड नं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो । “गलकोटको धेरै ठाउँमा भिर मौरी भए पनि मह काढ्ने गरिएको छैन”, उहाँले भन्नुभयो, “महोत्सवले मह शिकार हेर्ने अवसर पनि जुटाएको छ ।”
अग्ला र कहालिलाग्दो भिरमा मह शिकार गरेको दृश्यले सबैलाई आकर्षित गर्ने उहाँको भनाइ छ । शिकार नगर्दै मह किन्नका लागि माग आइरहेको आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि पुग्ने पर्यटकलाई महका साथै स्थानीय परिकार खुवाउने तयारीमा आयोजक छ । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । निलुवाको पर्यटन विकासमा स्थानीय आफँै जुटेका छन् । वनभोज, दृश्य छायांकन र अवलोकन भ्रमणका लागि निलुवा रोजाइमा पर्ने गरेको छ ।
अ