इन्टनेशनल एशोसिएशन अफ स्टुडेन्ट इन एग्रिकल्चरल एन्ड रिलेटेड साइन्सेस (आइ.ए.एस) नेपालको चौथो राष्ट्रिय सम्मेलन हिकाष्टले आयोजना गर्ने भएको छ । कृषि क्षेत्रको प्रवद्धनका लागि देशका सबै जिल्लामा पु¥याउने उद्देश्यले स्थापना भएको संस्थाको यो सम्मेलनले एक वर्षको कार्यविधि तयार पार्नेछ ।
सम्मेलनमा देशका विभिन्न भू–भागमा अभ्यास गरिने कृषि प्रणाली तथा अन्य गतिविधिको बारेमा पनि छलफल हुने संस्थाका कार्यकारी निर्देशक सागर पौडेलले जानकारी दिनुभयो । सम्मेलनमा आइ.ए.एस वल्र्ड र आइ.ए.एस एसिया प्यासिसफकको पनि सहभागिता रहनेछ । चौथो राष्ट्रिय सम्मेलन २०२१ को नारा ‘युथ इम्पावरमेन्ट फर रेजिलियन्ट फुड सिस्टम, अ न्यु नर्मल’ तय गरिएको छ ।
के हो आइ.ए.एस ?
आइ.ए.एस एक अन्तर्राष्ट्रिय मञ्च हो । यसले कृषि, वन, भेटेरीनेरी लगायत क्षेत्रका विद्यार्थी यो संस्थामा जोडिने छन् । सन १९५७ मा ट्युनिसियाबाट आठ सदस्य राष्ट्रहरु मिलेर खोलेको यो संस्थामा अहिले नेपालसहित विश्वका ५८ देश सहभागि छन् ।
नेपालमा सन २०१५ मा कृषि तथा वन विश्वविद्यालय, रामपुरका विद्यार्थीको सक्रियतामा यो संस्था स्थापना भएको हो । स्थापनाको ६ वर्षमा यो संस्थाले १२ स्थानीय समिति गठन गरेको छ भने त्यसमा ४ सय बढी सक्रिय सदस्य रहेका छन् ।