जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो ।
औषधिको रूपमा प्रगोग गरिने वनस्पतिको यहाँ खेती हुँदै आएको र ती १२ प्रजातिका जडीबुटी खेतीका लागि यहाँको वातावरण अनुकुल भएको वनस्पति उद्यान केन्द्रका प्रमुख सुनिलकुमार आचार्यको भनाइ छ । जिल्लामा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिनाका साथै ती क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ । “जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्ने हुँदा खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनौट गर्दा वैज्ञानिक प्रविधिवाट विस्तृत अध्ययन गर्नुपर्छ”, केन्द्र प्रमुख आचार्य भन्नुहुन्छ ।
यस जिल्लामा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट व्यावसायिक योजना बनाउनुपर्छ । उत्पादन गरिएका जडीबुटी लामो समयसम्म भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्रप्रमुख आचार्यको सुझाव छ ।
जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ । सरकारले लोपोन्मुख जडीबुटीको संरक्षण, ‘इथ्नो बोटानिकल स्टडी’, वनस्पति संरक्षण र संवद्र्वन तथा वनस्पतिको रासायनिक गुणहरुको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले यहाँ उक्त केन्द्र स्थापना गरिएको हो ।
यस केन्द्रले जिल्लामा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, वनस्पति संरक्षण एवम् उद्यम विकास, वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धान तथा बजारीकरणका लागि कार्ययोजनाअनुसार आप्mनो भूमिका निर्वाह गर्दै आएको छ ।
ढकेरीमा रहेको उक्त उद्यानमा वनस्पतिका बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आबद्ध व्यवसायीहरुले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीे बताउनुहुन्छ ।
नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैह्रकाष्ठ वन पैदावार क्षेत्र रहेको शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५/१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ । “भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्राञ्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो”, उहाँ भन्नुहुन्छ ।
भारतको यही व्यवस्थाका कारण पछिल्लो समय बाँकेबाट जडीबुटी निकासी घटिरहेको छ । केही वर्षअघि यहाँबाट करीब ६५ लाख किलोग्राम जडीबुटी निकासी हुने गरेकामा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोग्राममा झरेको छ । नेपाल सरकारले भारत सरकारको ट्राञ्जिट परमिटसम्बन्धी व्यवस्थालाई हटाउन दुई पक्षीय छलफल गर्नुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.