जुम्ला । यतिवेला जुम्लाका किसानलाई स्याउ बेच्ने चटारो छ । जुम्लाको चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत अहिले आफ्नो बारीको स्याउ लिएर बिक्री गर्न कर्णाली प्रदेश सरकारको राजधानी सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै आफू ५० क्विन्टल स्याउ लिएर बिक्री गर्न सुर्खेत जानुभएको हो ।
जुम्ला तातोपानी गाउँपालिका २ डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको बताउनुभयो । उहाँले गएको वर्षभन्दा यस वर्ष कालो तुषारोका कारण स्याउ कम फलेको बताउनुभयो ।
कठायत र डाँगीजस्तै धेरै स्याउ किसान अहिले स्याउ लिएर बजार गइरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो हप्तादेखि टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाण्डौ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीहरूले जनाएका छन् ।
किसानहरू स्याउ टिप्न अन्तिम–अन्तिम अवस्थामा रहेका र अहिले उनीहरू निर्यात र भण्डारणमा व्यस्त रहेका जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । धेरैजसो स्याउ अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत, बाँकेको नेपालगञ्ज गइरहेको व्यापारीहरू बताउँछन् ।
कृषि कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ६ हजार एक सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा अहिले बढ्ने अनुमान गरिएको छ । लेकाली भेगबाहेक अन्य ठाउँको स्याउ टिपी सकिएको र कोरोनाको प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ ।
स्याउ निर्यातका लागि किसानले पालिकाबाट सिफारिस लिने गरेका छन् । स्थानीय कृषि शाखा र वडा पालिकाको समन्वयमा हुने सिफारिसले किसानलाई सजिलो हुँदै गएको छ । अहिले बजारमा परिपक्व स्याउ जान थालेको छ ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.