खाद्यसंकट आउन नदिन सरकार सचेत छ : कृषिमन्त्री

धनुषा । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।

शुक्रबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएका समस्या समाधान गर्न नीति बनाउने तयारी गरेको बताउनु भयो ।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानलाई बाढीले पु¥याएको क्षतिले थप समस्या बनाएको बताउनुभयो ।

अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको उहाँको भनाई थियो । नेपालमा खाद्यसंकट आउन नदिनको लागि सरकार सचेत रहेको भन्दै उहाँले सरकार पूर्वतयारीमा जुटेको जानकारी दिनुभयो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here