कृषि तारा पुरस्कार धादिङका न्यौपानेलाई

धादिङको धुनिवेसीस्थित चेतना किसान तथा पशुपक्षी विकास केन्द्रले यो वर्षको कृषि तारा पुरस्कार प्राप्त गरेको छ । यहाँस्थित इजरायली राजदूतावास र अवसर फाउण्डेसनले रु पाँच लाख राशिको उक्त पुरस्कार केन्द्रका सञ्चालक युद्धप्रसाद न्यौपानेलाई आज साँझ यहाँ आयोजित एक समारोहमा प्रदान ग¥यो ।“इजरायलमा कृषि सीप सिक्दै कमाइ गर्दै” कार्यक्रम अन्तर्गत एक वर्षे कृषि तालिम गरेका न्यौपानेले उन्नत कृषिकर्म गरेवापत उक्त पुरस्कार हात पारेका हुन् । कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र यादवले किसान न्यौपानेलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्दै नेपालको कृषि विकासका निम्ति इजरायल सरकारबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

इजरायलले प्रयोग गरेको कृषि प्रविधि नेपाल भित्र्याउन आपूm क्रियाशिल रहेको बताउँदै मन्त्री यादवले कृषि उत्पादकत्व बढाएर नेपाललाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ भन्नुभयो । आधुनिक कृषि प्रणाली र व्यावसायिक खेती प्रवद्र्धन गर्न आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै मन्त्री यादवले कृषि प्रविधि हस्तान्तरण गर्न इजरायलाई आग्रह गर्नुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले कुषि तारा पुरस्कारका लागि १० किसान समूहले स्पर्धा गरेको जानकारी दिँदै खाद्यान्न निर्यात् गर्न नेपाल सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीहरु अति परिश्रमी छन्, वातावरण बनेमा कृषि उत्पादन निर्यात गर्न नेपाललाई कुनै समस्या हुने छैन”, कृषि विज्ञ डा विष्णु थापालाई नवप्रवर्तनका पक्षपाति महावीर पुनः र राजदूत गोडेर सदस्य रहेको निर्णायक समितिले किसान न्यौपानेले सञ्चालन गरेको केन्द्रलाई पुरस्कृत गरेको हो । कार्यक्रममा दिइएको जानकारीअनुसार यो वर्ष “सीप सिक्दै कमाई गर्दै” कार्यक्रममा ३५० नेपाली इजरायल प्रस्थान गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here