काठमाडौं – हरियो सलाद कम खान चिकित्सकहरूले सल्लाह दिएका छन । पछिल्लो समयमा उच्च र मध्यमवर्गीय परिवारले सलाद खाने चलन बढेको छ । तर, काँचै खाइने सलादमा विषादीको मात्रा बढी हुने चिकित्सकहरुको भनाइ छ । सलादका लागि प्रयोग गरिने काँक्रा, गाँजर, मुला, ताजै राख्न फ्र्रिजमा राखिने गरिन्छ । ‘हरियो सलाद कम खाऔँ । कम्तीमा २० मिनटदेखि आधा घन्टा नुनपानीमा डुबाएर राखेर सफा गरेर खान चिकित्सकले सल्लाह दिएका छन् ।
अहिले बजारमा आँप र लिची आएका छन् । तर, अहिले आँपको सिजन होइन र आँप एकैपटक सबै पाक्दा पनि पाक्दैन । आँप, लिची र केरा पकाउन प्रयोग गरिने कार्बाइट परीक्षण गर्ने प्रविधि बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीसँग रहेको छैन। कालिमाटीमा भएको कीटनाषक हेर्ने प्रविधि मात्र हो त्यसले कार्बाइट परीक्षण गर्न सक्दैन कालिमाटी फफुल बजारका एक कर्मचारीले भने ।
कतिपय देशमा फलफूल पकाउन प्रयोग गरिने कार्बाइटको प्रयोग प्रतिबन्ध छ । तरकारी तथा फलफूलमा प्रयोग हुने सबैखाले विषादीको परीक्षण गर्ने क्षमता एकाइ तथा खाद्य प्रविधि गुण नियन्त्रण विभाग कसैसँग पनि नरहेको विभागका ल्याब म्यानेजर कर्मचारीले बताए ।
बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीले परीक्षण गरेको तरकारी तथा फलफूलमा केही महिनायता जनस्वास्थ्यमा गम्भीर असर गर्ने गरी विषादी प्रयोग भएको नपाइएको जनाएको छ । तर, बजारमा आउने सबैजसो तरकारीमा विषादी प्रयोग हुने गरेको र एकाइसँग सबैखालको विषादी परीक्षण गर्ने क्षमता रहेको छैन् ।