लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? हामी सहयात्री बन्दैछौ ।

नेपालमा पछिल्लो समय निजामती सेवाको जागिरको आकर्षण निकै बढेको छ । पुरुषका लागि १८ वर्षदेखि ३५ वर्षसम्म र महिलाका लागि १८ देखि ४० वर्षसम्म उमेर हद राखिएको निजामतिमा परिक्षा प्रणालीको निष्पक्षताले पनि यसमा आम नागरिकको आकर्षण बढेको हो ।

नेपालमा संघीयतामा गयसँगै नेपालको संविधानले पनि संघ र प्रादेशिक प्रणालीको लोकसेवा आयोगको कल्पना गरेको छ । पछिल्लो समय विभिन्न विवादका बाबजुत पनि लोकसेवा आयोगले ढिलो गरी यो वर्षको विज्ञापन निकाल्न सुरु गरेको छ । यसैको पहिलो स्वरुप खुला प्रणालीमा शाखा अधिकृतको विज्ञापन निकालेको छ ।

नेपालमा लोक सेवा आयोगको तयारीमा तल्लिन हजारौ विद्यार्थीलाई मध्यनजर गरेर कृषि डेली अनलाइन पत्रिकाले पनि लोकसेवा विशेष सामाग्रीको सुरुवात गरेका छौ । यसलाई हामी प्रभावकारी बनाउन काठमाडौंमा अवस्थित सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा तयारी कक्षामा तल्लिन शिक्षकसँगको सहकार्यको प्रयास गरेका छौ । आशा छ हाम्रो यो प्रयास तपाइहरुका लागि प्रभावकारी हुनेछ ।

लोकसेवा तयारी गरिरहनुभएका विद्यार्थीहरु हामी हरेक दिन बिहान विषयगत र बेलुकी बस्तुगत सामाग्री पस्केर तपाइहरुको तयारीलाई सहज बनाउने तयारी गरेका छौ । शाखा अधिकृत, नासु, खरिदार तथा हरेक संस्थानका प्राविधिक तथा अप्राविधिक तहको तयारी सामाग्री हामी यस अनलाइनमा प्रकाशन गर्नेछौ ।

हाम्रो यो प्रयासमा तपाइ पनि सामेल हुन चाहनुहुन्छ भने हामीलाई तपाईले तपाइसँग भएका सामाग्री उपलब्ध गराएर सहयोग तथा योगदान पुरयाउन सक्नुहुनेछ । साथै तपाइको जिज्ञासा पनि हामीलाई दिन नभुल्नुहोला । तपाइका जिज्ञासाको हामी उत्तर खोजेर जानकारी दिने प्रयास गर्नेर्छा । तपाइ हामीलाई इमेल [email protected] तथा हाम्रो आधिकारिक फेसबुक पेज https://www.facebook.com/krishidaily1  मार्फत पनि सन्देश पठाउन सक्नुहुनेछ । तपाइको यात्रामा हाम्रो प्रयास सार्थक हुनेछ भन्ने आशाका साथ तपाइहरुको उज्ववल भविष्यको कामना गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here