spot_img

किसान सूचीकरण प्रणाली सातै प्रदेशमा, यसरी हुनुहोस सूचकरण प्रणालीमा सहभागी

काठमाडौं । सातै प्रदेशमा किसान सूचीकरण प्रणाली सुरु भएको छ। किसान सूचीकरण राष्ट्रिय अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । कृषि क्षेत्रलाई अब आधुनिक क्षेत्रमा प्रवेश गराउन किसान सूचीकरण अभियानको सुरु गरेको उहाँले बताउनुभयो । किसानलाई कृषि पेशाबाट विस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका निम्ती प्रोत्साहन गनुपर्ने त्यसको सुरुवातको रुपमा किसान सूचीकरण प्रणाली रहेको प्रधानमन्त्रीको भनाई थियो ।

सोही कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले प्राप्त र किसानहरूको हक हितका लागि यो प्रणाली तयार पारेको बताउनुभयो ।

किसान सुचिकृत हुनका लागि सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ। सूचीकरण हुनका लागि किसानले तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ। किसानहरुले रजिष्ट्रेशनका लागि http://farmer.moald.gov.np/register मा गई आफ्नो विवरण भर्न सकिनेछ।

3 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार