नापाको दोस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

अमेरिका । ‘कृषिमा परिवर्तन मार्फत विश्व खाद्य सुरक्षा’ भन्ने नाराका साथ नापाको दोस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ ।

सेप्टेम्बर २५ देखी २८ सम्म हुने सम्मेलनलाई अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले विशेष सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राजदुत कार्कीले नेपालको खाद्य सुरक्षा र कृषि विकासका क्षेत्रमा नापाले देखाएको चाँसो स्वागतयोग्य रहेको बताउनुभयो ।

नापाका कार्यक्रमहरुले नेपालको कृषि क्षेत्र तथा कृषि वैज्ञानिकलाई पनि उत्साहित बनाएको उहाँले बताउनुभयो । अमेरिकामा रहेका कृषि वैज्ञानिक र नेपालका वैज्ञानिक तथा कृषि पेशाकर्मीलाई जोड्ने माध्यम नापा बनेको बताउँदै उहाँले नापाले नेपाल र अमेरिकाको कृषि क्षेत्रको पुलको काम गरेको बताउनुभयो ।

सम्मेलनको अध्यक्षता नापाका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. लिला कार्कीले गर्नुभएको थियो । नापाका अध्यक्ष प्रा. डा. मेघनाथ पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नापाका कोषाध्यक्ष डा. सन्तोष ढकालले सञ्चालन गर्नुभएको थियो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रावकुमार फूँयाल र अलावमा एग्रिकल्चर एण्ड मेकानिकल (ए एण्ड अम) युनिभर्सिटीका प्रा.डा. श्रिनिभास राओ मेन्ट्रेडीले सम्बोधन गर्नुभएको छ ।

डा. फूँयालले नेपालमा औषधिजन्य जडिबुटी र बोटविरुवाको प्रचुर सम्भावना रहेको कुरा औँल्याउदै त्यसलाई नेपालको आर्थिक परिवर्तनको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको विकास र सम्वृद्धिको लागि नेपाल सरकारले गरिरहेका कार्यहरु र अगाडी सारेका भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रा.डा. मेन्ट्रेडीले नेपालमा औषधिजन्य जडिबुटी र बोटविरुवाको प्रचुर सम्भावना रहेको कुरा औँल्याउदै त्यसलाई नेपालको आर्थिक परिवर्तनको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा लुथरन वल्र्ड रिलिफ फन्डका किरण ओझाले कृषिमा युवा सहभागितासँग सम्बन्धित चुनौती र अवसरहरुको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

डा. मनोज कार्कीले सम्मेलनमा प्रस्तुत हुने वैज्ञानिक कार्यपत्रहरुको बारेमा जानकारी दिनुभएको थियो भने डा. अनन्त आचार्यले सम्मेलनको जुम प्रबिधीको प्रयोग र सँचारका बारेमा प्रस्ट पार्नुभएको थियो ।

सम्मेलनको उद्घाटन कार्यक्रमलाई नापाका कार्यबाहक सचिव डा. रामजी घिमिरेले समापन गर्नुभएको थियो । सेप्टेम्बर २५ देखि सुरु भएको सम्मेलनमा विभिन्न विधाका १६१ वैज्ञानिकको प्रस्तुती रहने नापाले जनाएको छ ।

सम्मेलनमा नापाको रणनीतिक छलफल, कृषि उद्यमीहरु बिच अन्र्तक्रिया, कृषिको क्षेत्रमा आवद्ध महिला पेशाकर्मीहरु बिच अन्र्तक्रिया, कृषि सम्बन्धी कबिता प्रतियोगिता तथा कृषिका विद्यार्थीहरु लक्षित बिभिन्न प्रतियोगात्मक कार्यक्रमहरु समावेश छन् । सम्मेलनको अफिसियल मिडिया पार्टनर कृषि डेली रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here