खेतीपातीको काम सकिएपछि कर्कलाकाे भित्री पात खाएर मनाइने ओल्के पर्व

प्रदेश  नम्बर सातकाे  पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ ।

ओल्के पर्वमा ठूलाबडा, मान्यजनलाई सम्मान स्वरुप कर्कलाको भित्रिपात, फलफूल आदि दिने र दक्षिणा ग्रहण गर्ने प्रचलन थियो । आजभोलि संस्कृतिलाई परिष्कृत गरी ठूलालाई आदर र सानालाई माया बाँडेर मनाउन थालिएकाे छ ।

ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यो पर्व छिमेकी देश भारतको कुमाउँ गढवालतिर पनि मनाइने गरिन्छ । आजको दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पकवान आदि लगेर मान्यजन र आफन्त कहाँ भेटघाट गर्न जाने चलन छ ।

पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभइ खेतीपातीको कार्य सम्पन्न भएपछि मनाइने सांस्कृतिक पर्वको रुपमा पनि रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here