कृषि डेली – भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताउनुभएको छ ।
तुलसीभञ्ज्याङमा आज साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उहाँले देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने बताउनुभयो । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले भूउपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिँदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
In contrast to previous work that inhibited Hedgehog signaling 19, 22, 23, 2 week LDE225 treatment did not alter the amount of collagen deposition, as measured by Masson trichrome stain Supplementary Fig priligy tablets price Let me stop the furosemide use magic