निर्वाहमुखी खेती छाडेर तरकारी खेतीमा आर्कषित भए पाल्पाली किसान

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका – ६ का किसान अज्य खेती छाडेर तरकारी खेतीमा लागेका छन् ।

पूर्वखोला गाउँपालिका–६, हेक्लाङ खुमडाँडाका किसान निर्वाहमुखि खेती किसानी छाडेर पहिलो पटक सामूहिक तरकारी खेती तर्फ उन्मुख भएका हुन ।

पछिल्लो समय पूर्वी क्षेत्रका कृषक वर्षौदेखि गर्दै आएको मकै खेती गर्न छाडेर सामूहिक रुपमा बेमौसमी बन्दा खेती तर्फ लागेका हुन । हेक्लाङ खुमडाँडाका स्थानीय २७ घरधुरीले पन्ध्र हजार बन्दाको बिरुवा रोपेर सामूहिक रुपमा व्यवसायिक तरकारी खेती सुरु गरेका छन ।

पहिलो चरणमा ७÷७ रोपनीका दुई वटा प्लट बनाएर दुई स्थानमै बन्दा तयार भईरहेको र यो खेती सकिएपछि सोही स्थानमा टमाटर खेती गर्ने योजना रहेको वडा अध्यक्ष मनबहादुर सारुले जानकारी दिनुभयो

सामूहिक तरकारी खेतीमा अहिलेसम्म बिरुवा लगाउने बेला र झार गोड्ने बेला सम्म आफूहरुले चार पटक श्रमदान गरिसकेको उनीहरुको भनाई छ । सामूहिक तरकारी खेती सुरु गरेका स्थानीयले श्रमदान बाहेक एक लाख रुपैयाँ बराबरको बिउबिजन, मल, जग्गा लिजमा लिदा भाडा खर्च गरिसकेका छन ।

डाँडाबस्तीमा खेती गरेकाले तरकारी खेतीमा सिंचाईको अभाव हुन नदिन घरमा प्रयोग गरेपछि निस्केको पानी र लिफ्टिङ् गरी ल्याएको पानी तरकारी खेतीमा प्रयोग गर्दै आएको किसानको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here