विषादी हालेको तरकारी र फलफूलले स्वास्थ्यमा यस्ता जटिल समस्या ल्याउँछ

काठमाडौं – किरा–फ्टयांग्राबाट हुने क्षति कम गर्न र उत्पादन बढाउन अत्यधिक रूपमा प्रयोग गरिने विषादीले जनस्वास्थयमा तत्कालीन र दीर्घकालीन असर गर्ने डा. अरुणा उप्रेती बताउँछिन् ।

तत्कालीन असरमा वाकवाक लाग्ने, पेट दुख्ने, रिँगटा लाग्ने, पखाला लाग्ने, आँखा धमिलो देख्ने, मासु बाउँडिनेदेखि गर्भवती महिलाको गर्भ तुहिन सक्ने उनको भनाई छ । ‘लामो समय विषादीयुक्त तरकारी, फलफूल खाँदा मिर्गौला, मुटु, कलेजो फेल हुनेदेखि पक्षघात हुने र क्यान्सरसमेत हुन सक्छ,’ डा. उप्रेतीले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here