आलुको गेडाको आकार मान्छेकाे पैताला जस्ताे अाकारकाे हुन्छ भन्दा तपाईलाई पत्याउन गाह्राे हुन्छ हाेला ? हामी तपाईँलाई त्यस्तै अालुकाे बारेमा जानकारी दिदैछाैँ । तपाई अनुमान गर्नुस् त अालुकाे गेडाको आकार तथा तौल कस्तो कतिसम्म हुनसक्ला ?
ब्राजिलमा एउटा यस्तो आलु फलेको छ, जुन सायद दुनियामा अहिलेसम्म अन्त कतै फलेको थिएन ।
ब्राजिलको सान्टा क्यान्तारिना प्रान्तस्थित मेलिरो सहरमा बस्ने किसान दम्पत्ती मार्ली र पाउलो सिक्विनेलले आफ्नो बारीमा अनौठो आलु फलाएका छन् । उक्त आलुको तौल ८ किलो छ भने यसको आकार ठ्याक्कै मानिसको पैताला जस्तो छ ।
मान्छेको खुट्टाका पैतालासँग ठ्याक्कै मिल्ने त्यो आलुमा खुट्टाका सबै औँला पनि दुरुस्तै छन् ।
आफुहरुले यस्तो आलु अहिलेसम्म नदेखेको र यो आलुलाई के गर्ने भन्ने बारेमा निर्णय गरिनसकेको किसान दम्पत्ति बताउँछन् ।
यस्तो अनौठो आलु फल्दा कताकता उनीहरुलाई डर पनि लागेको छ । यो आलु नखाने र मान्छेहरुले हेर्न चाहेमा प्रदर्शनीमा राख्ने उनीहरुको योजना छ । एजेन्सी