चितवनमा हुने अन्तराष्टिय पोल्ट्री सम्मेलनमा १७ वटा विशेष कार्यपत्र प्रस्तुत हुने

चितवन – कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ ।  सम्मेलनमा  १७ वटा कार्यपत्र विशेष आमन्त्रित विज्ञहरुले सम्बोधन गर्ने कार्यक्रम तय  भएको छ ।

उक्त सम्मेलनमा नेपाल, भारत, अस्टेलिया, जर्मनी लगायतका देशबाट पोल्ट्री विज्ञहरुले सम्बोधन गर्ने कार्यक्रम छ । जसमध्ये भारतिय पोल्ट्री बिज्ञान शिक्षाका अवस्थाको बारेमा प्रा.डा. देबेन सापकोटा, नेपालमा पोल्ट्री क्षेत्रको विकासको अवस्था,कार्यक्रमहरु तथा नीतिहरुको बारेमा पशुसेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मल, नेपालको पोल्ट्री उधोगको विगत,वर्तमान र भविष्यको वारेमा डा. तीलचन्द भटराई,  ग्रामिण क्षेत्रका जनताको सामाजिक तथा आर्थिक अवस्थालाई उकास्नका लागी विविध पोल्ट्री जातको बारेमा विध पोल्ट्री जातको बारेमा भारतका डा. राज नारायण  ले  कार्यपत्र पेश गर्नुहुनेछ ।

त्यस्तै  पोल्ट्रीजन्य उत्पादनको लागी बायोचार फीडको बारेमा सी क्यु विश्वविद्धालय अस्टे«लियाका सुर्य प्रसाद भट्ठराई, पोषण तथा प्रतिरक्षा व्यवस्था र इम्युनोरेगुलेटरी पोषणहरुको असरको बारेमा एच एन इन्टरनेसनल जर्मनीका काररस्कुयु पुयल , मासुका लागि प्रयोग हुने कुखुराको दानाको माध्यमबाट सर्ने रोगको किटाणुका सम्बन्धी अस्टे«लियन अनुभवको बारेमा युनिर्भसीटी अफ  सीड्नी  अस्ट्रेलियाका पिटर ग्रुव, सुक्ष्म जिवाणुको प्रतिरक्षाको पहुँचका बारेमा खाध्य सँगठन नेपालका खड्क सिंह विस्ट, बोइलर तथा लेयर्सको प्रजनन रणनीतिका बारेमा गंगलाल जैन, लेयर्स को प्रजननको वर्तमान अवस्थाको बारेमा जर्मनका रोन एक लोह्ममन,पोल्ट्रीको उत्पादन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भएको बर्तमान आवाणिक खोज को बारेमा  (आइ सी ए आर- सी ए आर आइ) भारतका विशेश कुमार सक्सेन   ले  कार्यपत्र पेश गर्नुहुनेछ ।

 पोल्ट्री उत्पादनका व्यवहार तथा कल्याणको चासोको विषय बारेमा (आइ सी ए आर- सी ए आर आइ) भारतका सुब्रतकुमार भन्ज ,गरिवीको रेखामुनि रहेका जनताको जीविकोपार्जन तथा पोषणको सुरक्षाका लागी घरमा उत्पादन गरिने कुखुराजन्य उत्पादनका बारेमा (आइ सी ए आर -सी ए आर आइ) भारतका सुनिल चन्द« गिरी, मानिसलाइ दैनिक चाहिने पोषणको दिगो व्यवस्थापनका लागी घरयासी कुखुरा पालनको महत्वको बारेमा अस्ट्रेलियाका रोविन एल्र्डस, कुखुराजन्य उत्पादन तथा माइटोकोन्ड्रीयल क्रियापलाप सम्बन्धी जापानका मसाकी तोयोमिजु , भुटानको मध्यश्चिम क्षेत्रको कुखुकाको अन्डा उत्पादनको अर्थतन्त्रको  बारेमा भुटानका  उगिन नम्गेल ले कार्यपत्र पेश गर्नुहुनेछ ।

तथा भोकमरी र गरिवी नियन्त्रणका लागी खानेकुरा, दाना, पोषण तथा स्वास्थ्य सुरक्षाको बारेमा अमेरिकाका यु सी डेविसको प्रस्तुती रहनेछ । पहिलो पटक नेपालमा आयोजना गर्न लागिएको सम्मेलनले नेपालको कृषि प्रवद्धनमा विश्वास पुग्ने आयोजकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here