प्रदेश ३ ले पनि सकेन बजेट खर्च गर्न, ३९ प्रतिशत फ्रिज

तीन नम्बर प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को ३९ प्रतिशत बजेट फ्रिज भएको छ ।

प्रदेश सरकारले एक वर्षमा कुल बजेटको ६० दशमलव ६८ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । प्रदेश सरकार मातहतको मुख्यमन्त्री कार्यालय, ६ वटा मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालय छन् ।

प्रदेश ३ को आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट ३५ अर्व ६१ करोड ५६ लाख रुपैयाँ रहेकोमा २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

नयाँ संरचना र खर्च गर्ने निकाय स्थापनामा ढिलाई भएकाले पर्याप्त खर्च गर्न नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु वर्षमा बजेट खर्च कार्यान्वयन गर्न अहिलेदेखि नै काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को लागि प्रदेश सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here