काठमाडौं – आज पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ ।
मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ । सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भइ बेलुकीदेखि पानी पर्ने विभागको भनाई छ ।