वीरगञ्ज नाकाबाट एक वर्षमा इन्धन र गाडी आयातमा मात्र डेढ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो मानिएको वीरगञ्ज भन्सारबाट गत आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ५७ अर्ब ४५ करोड ६६ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ र सवारीका साधन आयात भएको हो ।
समीक्षा वर्ष २०७४/०७५ को तुलनामा बितेको वर्ष इन्धन र गाडीमा २५ अर्ब ६७ करोड रुपैयाँ बढी रकम गएको भन्सारले बताएको छ । यो अघिल्लो वर्षको मूल्यको तुलनामा १९ प्रतिशत बढी हो । अघिल्लो वर्ष १ खर्ब ३१ अर्ब ७८ करोड २९ लाख रुपैयाँबराबरको इन्धन र गाडी भित्रिएको थियो ।
सरकारले अटो लोनमा कडाइ गरेपछि हलुका सवारीसाधनको आयत घटे पनि इन्धनको आयात भने ह्वात्तै बढेको वीरगञ्ज भन्सारले जनाएको छ । गत वर्ष १ खर्ब १६ अर्ब ५९ करोड ६६ लाख रुपैयाँको इन्धन आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ८८ अर्ब ७२ करोड १० लाख रुपैयाँको डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल भित्रिएको थियो । बितेको आर्थिक वर्षमा इन्धनमा सबैभन्दा बढी डिजेल आयात भएको छ । ६० अर्ब ८६ करोड ८७ लाख रुपैयाँको ८७ लाख ५२ हजार किलोलिटर डिजेल आयात भएको छ ।
यो अवधिमा २० अर्ब ३४ करोड ३८ लाख रुपैयाँबराबरको पेट्रोल आएको देखिन्छ । २६ लाख ४५ हजार किलोग्राम एलपी ग्यास आयात भएको भन्सारको तथ्यांक छ ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.