नेपालमा सलह (Schistocera gregaria) प्रकोपको सम्भावना र व्यवस्थापन

  • 449
  •  
  •  
  •  
  •  
  •  
    449
    Shares

 सुमन ढकाल /राजेन्द्र रेग्मी

आर्थिक बर्ष २०७७/७८ को लागि सरकारले बजेट सार्वजनिक गरिरहदा कोरोना महामारी पश्चातको कृषिको विभिन्न पाटोमा बहस एवं अन्तरक्रियाको क्रम ह्वात्तै बढेको छ । कृषि मन्त्री ज्यूको आगामी बर्षको कृषि सम्बन्धि विभिन्न कार्यक्रमको चर्चा सँगै कृषक स्तरमा पनि कृषिको क्रियाकलाप बारेमा छलफल तिव्र भएको छ ।

विशेष गरि मकैमा लाग्ने अमेरिकन फौजी किरा व्यवस्थापन, धान खेति सम्बन्धि विभिन्न प्राबिधिक पक्षहरु सँगसँगै हाल अफ्रीका हुदै भारत सम्म आइपुगेको सलहको सम्म चर्चाको बिषय बनेका छन।

नेपालमा हाल धेरै स्थानमा मकैको खेति भैरहेको छ भने धान खेतिको तयारी जोड तोडले चलिरहेको छ । अमेरिकन फौजी किराको प्रकोपले यस बर्ष मकैमा निकै नै क्षति हुने कुरा यो भन्दा अगाडी नै प्रस्ट रुपमा आइसकेको अवस्थामा सलहको प्रकोप निम्तिनु भनेको नेपालको खाद्य सुरक्षामा ठुलो चुनौती हुन जाने देखिन्छ ।

दिनको समयमा मात्र बिरुवा खाने यी किराहरु साझ परेपछि सबै एकैठाउँ (खेत वा हरियो रुख) बस्ने गर्छन । साकाहारी यी किराहरुको बाटोमा आइपर्ने सम्पूर्ण हरियो बनस्पतिलाई नै यिनीहरुले ध्वस्त बनाउन सक्छन । सामान्यतया ६–९ करोडको झुण्ड बनाएर हिड्ने यो किराले आफ्नो तौल बराबरको बिरुवा ( करिब २.५ ग्राम सम्म) एक दिनमा खान सक्छ ।

यसको लागि सम्भव हर उपाय लगाएर सलह किराको प्रकोप रोकथाम एवं नियन्त्रण गर्नु आजको मुख्य आवश्यकता हो ।

सलह बारे :
सलहबारे हाल चर्चा चुलिनुको पछाडीको कारण भनेको यो समयमा यसले भारतमा देखाईरहेको डर र क्षति र भबिष्यमा यसले नेपालमा पार्न सक्ने प्रभाव नै हो ।

सलहले कुनै नयाँ किरा होइन न कि यसले गर्ने क्षति । बर्षेनी अफ्रीका लगायतका सुक्खा र न्यानो हावापानी भएका क्षेत्रहरुमा यसको प्रभाव निकै पुरानो मानिन्छ । सलह फट्यांग्रा समूहकै एक सदस्य हो तर सामान्य फट्यांग्रा भन्दा यो निकै हानिकारक मानिन्छ ।

हाल सलहको प्रकोप इरान, पाकिस्तान हुदै भारत सम्म आइसकेको अवस्था रहेको छ । हाल सलहको धेरै झुण्ड खानाको खोजिमा हाम्रो नजिक सम्म आइपुगेको अवस्था छ र यो क्रम अझ केहि हप्ता (१ हप्ता न्युनतम) जारि रहने देखिन्छ र त्यस पश्चात पानी पर्ने क्रम बढ्ने हुदा यो झुण्ड थप पूर्व नेपाल तर्फ आउने सम्भावनालाई भने विश्व खाद्य संगठनले न्यून भनेको छ । तथापि यसको नेपाल प्रवेशलाई पूर्ण रुपमा नकार्न सक्ने अवस्था पनि देखिदैन ।

ठाउँ र मौसम अनुसार यसले आफुलाई परिवर्तन गर्न सक्छ र समूहमा हिड्ने यसको बानि सामान्य फट्यांग्राको भन्दा फरक हुन्छ साथै फट्यांग्रा को तुलनामा यसको पछाडीको खुट्टा केहि लामो हुन्छ । सलहको प्रजनन क्षमता उच्च रहेको कारणले यसले धेरै जनसंख्या वृद्धि गर्न सक्दछ।

सुक्खा मौसममा केहि मात्रामा झुण्ड बनाएर बस्ने सलहहरु पानी पर्न सुरु भएपछि झन् धेरै झुण्ड बनाउन सक्छन र खाने कुराको खोजीमा यिनीहरुको एक ठाउँ बाट अर्को ठाउँ जाने क्रममा हुलमा जाने प्रवृति नै सबै भन्दा खतरनाक मानिन्छ । सलहको जीवनचक्र सामान्य अवस्थामा ३–५ महिनाको हुने गर्दछ ।

दिनको समयमा मात्र बिरुवा खाने यी किराहरु साझ परेपछि सबै एकैठाउँ (खेत वा हरियो रुख) बस्ने गर्छन । साकाहारी यी किराहरुको बाटोमा आइपर्ने सम्पूर्ण हरियो बनस्पतिलाई नै यिनीहरुले ध्वस्त बनाउन सक्छन । सामान्यतया ६–९ करोडको झुण्ड बनाएर हिड्ने यो किराले आफ्नो तौल बराबरको बिरुवा ( करिब २.५ ग्राम सम्म) एक दिनमा खान सक्छ ।

सलहले क्षति पुर्याएको बालिमा संम्पुर्ण हरियो भाग नस्ट गर्छ । बिरुवाको पात मात्र नभई यसले डाठ र बिरुवाको बोक्रा समेत खाने गर्दछ जसले गर्दा बिरुवाबाट कुनै उत्पादन को आश हुदैन । यसरि हेर्दा एउटा झुण्ड सलहले दैनिक लगभग १००–१४० किलोमिटर दुरी तय गर्दा त्यो बीचमा आइपर्ने हरियो खेति उनीहरुको शिकार बन्न सक्दछ ।

एक वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको सलहको झुण्डमा सरदार ४ करोड बराबर सलह भेटिन्छ जसले एक दिनमा ३५,००० मानिसले खाए बराबरको खाने कुरा खान सक्दछन ।

नेपालमा सलह प्रकोप सम्बन्धमा :
हाल सलहको प्रकोप इरान, पाकिस्तान हुदै भारत सम्म आइसकेको अवस्था रहेको छ । हाल सलहको धेरै झुण्ड खानाको खोजिमा हाम्रो नजिक सम्म आइपुगेको अवस्था छ र यो क्रम अझ केहि हप्ता (१ हप्ता न्युनतम) जारि रहने देखिन्छ र त्यस पश्चात पानी पर्ने क्रम बढ्ने हुदा यो झुण्ड थप पूर्व नेपाल तर्फ आउने सम्भावनालाई भने विश्व खाद्य संगठनले न्यून भनेको छ ।

तथापी यसको नेपाल प्रवेशलाई पूर्ण रुपमा नकार्न सक्ने अवस्था पनि देखिदैन । पानी परे सँगै यो किरा अन्डा उत्पादन गर्न थाल्ने हुदा यसका झुण्ड थप पूर्वी भेग तिर आउने सम्भावना कम रहेको कुरा पनि संगठनले जारी गरेको बुलेटिनमा राखिएको छ ।

थप पानी पर्न नसक्ने तर तापक्रम मात्र बढ्ने क्रम अबको केहि हप्ता रह्यो भने त्यसले थप सलहको प्रकोप निम्त्याउने कुरालाई नजरान्दाज गर्न सकिदैन ।

सलहले गर्ने क्षति :

सलह सुरुमा सानो सानो समुहमा देखिएतापनि बिस्तारै यसले धेरै संख्याको झुण्ड बनाउदछ । तातो ठाउँमा यसको प्रकोप बढी हुने गर्दछ । सुख्खा तथा खानाको अभाबमा सलह ठुलो झुण्ड बनाएर एक ठाउँबाट अर्को ठाउँमा जान्छ ।

हाल सलहले केन्या, ईथोपिया, सोमालिया जस्ता पुर्बी अफ्रिकन देशहरुमा महामारीको रुपमा नोक्सान गरेको पाइएको छ भने एसियाको साउदी अरब, येमन, ओमन, युएई, इरान, पाकिस्तान र हाल आएर भारतको राजस्थान, मध्य प्रदेश, पन्जाब तथा उत्तर प्रदेशको विभिन्न जिल्लाहरुमा महामारीको रुपमा फैलिएको छ ।

यो पोलिफ्यागस (polyphagous) प्रकृतिको हुनाले सबैजसो घासपात, अन्नबाली, तरकारी र फलफूलहरुको पात, ड़ाठ र अन्य हरियो भाग खाएर नोक्सान गर्दछ ।

यो किरा नेपाल भित्रियो भने ठुलो क्षति हुन सक्ने अड्कल गर्न सकिन्छ । हाल भारतको राजस्थान र उत्तर प्रदेशमा देखिएको सलह नेपालको तराइमा प्रवेश गर्यो भने अहिलेको मुख्य बाली मकैमा उल्लेख्य रुपमा क्षति गर्न सक्दछ ।

सलहको ब्यवस्थापन
१) जि. आई. एस (GIS), जि. पि. एस (GPS), रिमोट सेंसिंग (Remote sensing) र आई–टि (IT) जस्ता आधुनिक प्रविधिको प्रयोग गरि सलहको जनघनत्व नियमित निरीक्षण तथा अनुगमन गर्नुपर्दछ ।

यसरी निरीक्षण र अनुगमन गर्दा सलहको सानो समूह देखिएमा यसलाई विभिन्न तरिकाले संकलन गरी नस्ट गर्ने वा रासायनिक बिषादी प्रयोग गरि ब्यवस्थापन गर्नुपर्दछ ।

२) सलहमा प्रोटिन लगाएत अन्य खाद्यतत्व पाईन्छ त्यसैले यसलाई विभिन्न देशहरुमा खानाको रुपमा खाइन्छ्र यो कीरालाई संकलन गरेर राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा बेच्न सकिन्छ । साथै दानाको रुपमा यसलाई माछा र कुखुरा पालनमा प्रयोग गर्न सकिन्छ ।

३) बारीमा अनावश्यक झारपातको ब्यबस्थापन तथा खनजोतले माटोमा भएको सलहको अण्डा नष्ट गर्न मदत पुग्दछ ।

४) खेतबारीमा विभिन्न बाली लगाएर बाली बिबिधता (Crop diversity) अपनाएमा पनि सलह आक्रमण कम गर्न सकिन्छ ।

५) सलहले खुकोलो बलौटे माटोमा र बारीको कान्लामा फूल पार्दछ त्यसैले यस्तो माटोमा मेटाराइजियम ढुसी (Metarhizium anisopliae var. acridum) प्रयोग गरि ब्यवस्थापन गर्न सकिन्छ ।

यस्ता ढुसीहरु बाताबरणमा रहिरहने हुनाले यसले सलहको निरन्तर ब्यबस्थापनमा सहयोग पुर्याउछ ।

६) खेतबारीको वरपर खाल्टो बनाउने, आगो बालेर धुवाएर र चर्को आवाज निकालेर पनि सलह ब्यवस्थापन गर्न सकिन्छ ।

७) समुदाय र राष्ट्रिय अग्रसरतामा ठुलो क्षेत्रफलमा ब्यवस्थापनको अभियानमा लाग्नाले मात्र यसलाई ब्यवस्थापन गर्न सकिन्छ ।

८)  तरकारी तथा खाद्य बालीको नर्सरी जालीघर भित्र गर्नाले यस किराबाट बिरुवाहरु बचाउन सकिन्छ ।

९) सलहको जनघनत्व उच्च भएमा निश्चित क्षेत्रमा क्लोरोपाइरिफस (Chlorpyrifos), ल्याम्डा साइहालोथ्रिन (Lambda- cyhalothrin), मलाथियन (Malathion), फिप्रोनिल (Fipronil) जस्ता विषादीको प्रयोग गर्न सकिन्छ ।

रासायनिक विषादीको प्रयोग गर्दा अति न्युन आयतन (Ultra low volume) बिधि जसमा धेरै कम आयतनको गाढा बिषादी धेरै मसिनो गरि छन ।

त्यस्तै गरेर बारीमा खण्ड खण्ड गरि छर्ने जसमा एक खण्ड बिषादी छर्ने र अर्को खण्डमा नछर्ने र पुन यस प्रक्रियालाई दोहोराएर पनि यसको ब्यवस्थापन गर्न सकिन्छ ।

-लेखकद्वय सुमन ढकालराजेन्द्र रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनकाे उप-प्राध्यापक हुनुहुन्छ । 


  • 449
  •  
  •  
  •  
  •  
  •  
    449
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here