काठमाडौ –
माध्यामिक शिक्षा परीक्षा अर्थात (सेकेन्डरी एजुकेसन एक्जाम) ‘एसइई’ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
एसईईमा अघिल्लो वर्षको भन्दा कम विद्यार्थी उत्तिर्ण भएको कार्यालष्ले जनाएको छ ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक भएको जनाएको छ।
आगामी शैक्षिकसत्रबाट सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ । । विगत वर्षहरुमा झै यसबर्ष पनि परिक्षाफल इन्टरनेट, मोबाइल एप्स र नेपाल टेलिकमबाट पनि उपलब्ध गराईको नियन्त्रक रेग्मिको भनाई छ ।
नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। साथै परिक्षाको नतिजा हेर्न मोबाईलको म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेश दिएर सिम्बोल नम्बर टाईप गरी ३१००५ मा पठाउन सकिन्छ । साथै नतिजा हेर्नका लागि १६०० मा डायल गरेर पनि नतिजा हेर्न सकिनेछ ।