एसईई परीक्षामा उत्तिर्ण हुन विद्यार्थीको सङख्या बढ्यो, ३० प्रतिशत विद्यार्थीले पूरक परीक्षा दिने

काठमाडौं – माध्यामिक शिक्षा परिषद् सानोठिमि भक्तपुरले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।

गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। त्यसमध्ये ९ जनाको पूरा विषय र ११ जनाको एक विषय रद्ध भएको छ ।

प्राप्ताङ्कमा विद्यार्थीलार्इ चित्त नबुझे १५ दिन भित्र ५ सय रूपैयाँ तिरेर पुनर्योगका लागि आबेदन दिन सक्ने छन् । यस्तै सी वा त्यसभन्दा तलको ग्रेड डी प्लस, डी र र्इ ग्रेड आउने विद्यार्थीहरूले पुन परीक्षा दिन सक्ने छन् । त्यसको केही दिनमा परीक्षा तालिका सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यसपालिको एसईई परीक्षामा अघिल्लो वर्षको जस्तै विद्यार्थी पास भएको कार्यालयले जनाएको छ । ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरिएकाले कती प्रतिशत विद्यार्थी फेल भए थाहा हुँदैन । तर कार्यालयको जानकारी अनुसार यो वर्ष पनि झण्डै ३० प्रतिशत विद्यार्थीले पुन परीक्षा दिनुपर्ने देखिएको छ ।

सर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।  साथै परिक्षाको नतिजा हेर्न मोबाईलको म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेश दिएर सिम्बोल नम्बर टाईप गरी ३१००५ मा पठाउन सकिन्छ । साथै नतिजा हेर्नका लागि १६०० मा डायल गरेर पनि नतिजा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here