भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो ।
भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भयाे बलात्कार पछि भोलिपल्ट बाख्राको मृत्यु भएको खबरले भारतमा हंगामा नै मच्चाइिदयाे ।
मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ । तर प्रहरीले कसैलाई पक्रिएको छैन । प्रहरी प्रवक्ता जितेन्द्र कुमारले घटनाको अनुसन्धान भइरहेको बताए ।
जनावरसँग सेक्स !
जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ ।
अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ ।
नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।
एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारीरिक सन्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।
एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।
डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौन कुण्ठा र अर्को यौन कल्पना ।
एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको हर्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खतरनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु खतरनाक हुनसक्छ ।
बेस्टिएलिटीका लागि धेरै पटक वातावरण पनि जिम्मेवार हुन्छ । धेरै पटक परिवारमा पनि सेक्सलाई लिएर यस प्रकारको माहोल बन्छ कि मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा सेक्सको चाहनामा मानिसहरुले जनावरलाई प्रयोग गर्दछन् ।
पहिलो घटना होइन
हरियाणाको यस घटनाले सबैलाई चकित पारेको छ । तर यो पहिलो घटना भने होइन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा पशुहरुमाथि हुने यौन हिंसामध्ये बाख्राहरु सबैभन्दा बढी निशानामा पर्ने गरेका छन् ।
एनसीबीआईको रिपोर्टमा पनि एक यस्तै घटनाको उदाहरण दिइएको छ जसमा एक १८ वर्षीय युवकले आफूले पालेका दुई बाच्छीहरुमाथि दुष्कर्म गरे । दुई बाच्छीहरुमध्ये एउटाको मृत्यु भयो । त्यसको स्वास्थ्य परीक्षण गर्दा मानिसको वीर्य भेटियो । युवकलाई पक्राउ गरेर सोधपुछ गर्दा उसले कुनै पनि पछुतो मानेन ।
भारतमा यस्तै घटनामा संविधानको धारा ३७७ अनुसार मुद्दा दर्ता गरिएको छ । भारतका साथै धेरै युरोपीय देश जस्तै नेदरल्याण्ड, फ्रान्स तथा स्विजरल्याण्ड, डेनमार्कमा यो प्रतिबन्धित छ ।
यसका अलावा जर्मनीमा पनि यो प्रतिबन्धित छ । ब्रिटेनमा सन् २००३ मा यससँग सम्बन्धित सजायमा संशोधन गरियो र आजीवन कारावासको व्यवस्थालाई घटाएर दुई वर्ष कायम गरियो ।
यद्यपि, हंगेरी, फिनल्याण्डमा पशुसँग मानिसको यौन सम्पर्कलाई अपराध मानिँदैन । सन् २०११ मा डेनमार्क सरकारको एक रिपोर्टअनुसार १७ प्रतिशत जनावरका डाक्टरहरु मान्दछन् कि उनीहरुले हालसम्म जति जनावरको उपचार गरे, तिनीहरुमध्ये कम्तीमा एक जनावरसँग मानिसले दुष्कर्म गरेका छन् ।
के यो कुनै मनोविकार हो ?
एनसीबीआईको रिपोर्टलाई मान्ने हो भने यस प्रकारको समस्या व्यक्तिहरुमा हुन्छ जो असन्तुलित जीवन गुजार्छन् । जसको बाल्यकाल घरेलु हिंसा र तनावको बीच गुज्रिन्छ । यसका साथै जो बाल्यकालमा यौन हिंसाको शिकार हुन्छन्, उनीहरुमा पनि यस प्रकारको व्यवहारको आशंका बढ्दछ ।
मनोवैज्ञानिक डा. प्रवीण भन्छन् कि असामान्य सेक्सुअल एक्टिभिटीलाई पेरिफिलिया भनिन्छ ।
पेरिफिलिया धेरै प्रकारका हुन्छन् । बेस्टिएलिटी योमध्येको एक हो । बेस्टिएलिटी असामान्य व्यवहार र बिरामीको बीचको अवस्था हो । तर असामान्य व्यवहार मात्रै होइन । नेक्रोफिलिया यसको दोस्रो प्रकार हो, जसमा व्यक्तिले कुनै मृतकको साथ शारीरिक सम्बन्ध राख्दछ ।
यसको प्रमुख कारणमा बाल्यकालमा नराम्रो अनुभव, एक्लोपन र मानसिक समस्यालाई लिन सकिन्छ ।
के हो यसको उपचार ?
डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करेन्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्यो भने पीडाको महसुस होस् र उ आफै टाढा रहोस् ।
यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् ।
डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।
पशुसँग सेक्स गर्ने व्यक्ति को कस्ता ?
- ह्युमन एनिमल रोल प्लेयर्स- जसले जनावरका साथ कहिल्यै सेक्स गरेनन् तर सेक्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।
- रोमान्टिक पशुप्रेमी- यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको सेक्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर सेक्स गर्दैनन् ।
- असामान्य कल्पनाशील- यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग सेक्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।
- पशुसँग कामवासना- यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् ।
- अतिउत्साही- यी पशुहरुको हरेक अंगलाई हेर्दछन् । धेरैपटक यिनीहरु कामुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौन गतिविधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।
- क्रुर कामुकता- यिनीहरुले पशुहरुलाई बलात्कार गर्दछन् र पीडा पनि दिन्छन् ।
- मौका परस्त- यिनीहरु यौन सम्बन्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।
नियमित पशुप्रेमी- यस्ता व्यक्ति पशुहरुसँग यौन सम्पर्क गर्न बढी रमाइलो मान्दछन् । - हिंस्रक- यिनीहरु सेक्सको बेला पशुहरुलाई पनि मार्दिन्छन् । यहाँसम्म कि मरिसकेपछि पनि उनीहरुले सेक्स गरिरहन्छन् ।
- एक्सक्लुसिभ पशुप्रेमी- यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र सेक्स गर्छन् । बीबीसी हिन्दीबाट