spot_img

जुनारको ब्लकचेन फूड ट्रेसिएबिलिटी ट्रायल गर्दै किसान


सिन्धुली । सिन्धुलीमा उत्पादित जुनार यो वर्षदेखि ब्लकचेनमा आधारित सफ्टवेयरबाट आपूर्ती श्रृङ्खला ट्याक गरिने भएको छ । पहिलो चरणमा जुनारको उत्पादन कहाँ भएको,सहकारीको नाम, टिपेको मिति,वितरकको नाम, प्रशोधन मिति, फूड माइल, प्याक गरिएको मिति जस्ता जानकारी ट्याक गर्नेछ ।

किसान र सहकारीले जुनारको उत्पादन कहाँ भएको, फल विवरण, फार्म नाम, र प्लक मिति जस्ता डाटा रेकर्ड गर्नेछन्। ग्रीन ग्रोथले जुनारको प्रोसेसिंग मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यु आर कोड ट्याग लगाउने छन्।

अन्तमा, जब उपभोक्ताहरू ग्रीन ग्रोथ मार्फत जुनार अनलाइन खरीद गर्छन, वहाहरुले जुनारको साथ आउने क्यु आर कोड स्क्यान गरी आफ्नो मोबाइल फोनमा यी सबै जानकारीहरू हेर्न सक्नेछन्। यस प्रोजेक्टको उद्देश्य जुनार आपूर्ति श्रृंखला प्रक्रियालाई पारदर्शी र ट्र्याकेबल बनाउने रहेको बताइएको छ ।

इसत्य र ग्रीन ग्रोथको सहकार्यमा यो पहिलो ब्याचको जुनार ट्र्याकिंग सुरु गरिएको हो । यसका लागि जुनार सुपर जोनले प्राविधिक सहयोग गर्नेछ । ्

2 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार