धनगढी । बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले जग्गाको भाडामा अनुदान दिने भएको छ । जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।
बाँझो रहेको जग्गामा खेती गर्न चाहनेलाई तोकिएको वार्षिक भाडा रकममा अनुदान दिन लागिएको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताउनुभयो ।
हाललाई व्यक्तिगत बाँझो जग्गा नभई बाँझो रहेको सरकारी र सार्वजनिक जग्गामा यो कार्यक्रम कैलाली सहित प्रदेशका सबै जिल्लामा कार्यान्वयन हुन लागेको छ । शर्माले भन्नुभयो, “पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ, विपन्नबाहेक अन्यको हकमा तोकिने भाडा रकमको ५० प्रतिशत भाडा रकम अनुदान दिने व्यवस्था छ ।”
जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्नेले पहिलो वर्ष पाउने अनुदान रकम दोस्रो वर्षदेखि क्रमशःघट्दै जाने बताइएको छ । समुदाय, कृषि सहकारी, व्यक्ति, फर्म, उद्यमीले यो कार्यक्रममा सहभागी हुन पाउने बताइएको छ । सरकारी र सार्वजनिक जग्गामा व्यावसायिक खेती गराउन भाडामा दिइने जग्गाको अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिए पनि प्रदेशमा यस्तो जग्गा कति छ भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।
प्रदेशमा यसवर्ष वसन्ते मकैखेतीको क्षेत्र विस्तार गर्न लागिएको छ । दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकामा दानाको आयात घटाउँदै कृषकको आम्दानी वृद्धि गर्न अभियानकै रुपमा बसन्ते मकैखेती गर्न लागिएको हो ।
कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको वसन्ते मकैखेती कार्यक्रममा किसानलाई बीउमा अनुदान र सिँचाइ तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । “दाना उद्योगलाई चाहिने कच्चापदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले यो खेती विस्तार गर्न लागिएको हो”, कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले भन्नुभयो, “यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जाने अपेक्षा छ ।”
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा गरी झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा वर्खेयामको मकै र वसन्ते मकैखेती गर्ने गरिएको तथ्याङ्क कृषि निर्देशनालयसँग छ ।
यसको उत्पादकत्व दुई दशमलब सात टन प्रतिहेक्टर रहेको छ । यसबाट वार्षिक एक लाख २२ हजार चार सय ३८ मेट्रिकटन मकै उत्पादन हुने गरे पनि उत्पादित मकै दाना उद्योगका लागि पर्याप्त नभएको बताइएको छ ।
वर्खे मकै खेती गरिएको क्षेत्रफलमध्ये झण्डै १५ प्रतिशतमा वसन्ते मकै खेती भइरहेको छ । यस वर्ष दोब्वर क्षेत्रफलमा बसन्ते मकै खेती विस्तार हुन लागेको छ ।
पहाडी जिल्लामा मकैलाई र तराईमा धानलाई मुख्य खाद्यान्न बाली मानिन्छ । भइरहेको मकैखेतीलाई निरन्तरता दिई थप जग्गामा वसन्ते मकैखेती विस्तार गर्न लागिएको हो । हाईब्रिड जातको वसन्ते मकैखेती गर्दा उत्पादकत्व प्रतिहेक्टरमा चार टनभन्दा बढी लिन सकिने देखिएको कृषि प्राविधिकको भनाइ छ ।
सुदूरपश्चिममा सञ्चालित दाना उद्योगले देशका अन्य प्रदेशका साथै भारतबाट दाना आयात गर्नुपर्ने अवस्था छ । स्थानीय क्षेत्रमै दाना पाउने वातावरण निर्माण गर्न सकिएमा उद्योग फस्टाउन मद्दत पुग्ने दाना उद्योगका सञ्चालकले बताएका छन् ।
We are a gaggle of volunteers and starting a brand new scheme in our community. Your site provided us with useful information to work on. You’ve done a formidable process and our entire community can be grateful to you.
Hi my loved one! I want to say that this article is awesome, great written and include approximately all vital infos. I¦d like to see more posts like this .
I have been browsing online greater than three hours nowadays, yet I by no means found any fascinating article like yours. It’s pretty price enough for me. In my opinion, if all webmasters and bloggers made excellent content as you did, the internet will be much more useful than ever before. “Wherever they burn books, they will also, in the end, burn people.” by Heinrich Heine.
Great blog right here! Also your web site quite a bit up fast! What web host are you the usage of? Can I am getting your associate hyperlink for your host? I wish my website loaded up as quickly as yours lol
Magnificent site. Lots of helpful info here. I?¦m sending it to several friends ans also sharing in delicious. And obviously, thanks to your effort!
Excellent read, I just passed this onto a colleague who was doing some research on that. And he actually bought me lunch because I found it for him smile Thus let me rephrase that: Thank you for lunch! “Any man would be forsworn to gain a kingdom.” by Roger Zelazny.