चिनी मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

महोत्तरी, चैत १९ –
महोत्तरीको एभरेष्ट चिनी मिलले भुक्तानी नदिँदा त्यो क्षेत्रका उखु किसान मर्कामा परेका छन् । एभरेष्ट चिनी मिलले महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, बारा र पर्साका करिव ३० हजार किसानलाई भुक्तानी नदिएको किसानले बताएका छन ।

गौशाला नगरपालिका वडा नम्बर १ रामनगर स्थित एभरेष्ट चिनी मिलले ५ सय ३१ रुपैयाँ २० पैसा प्रति क्विन्टलमा उखु खरिद गरे पनि पुष १६ गते यता किसानलाई भुक्तानी दिएको छैन ।

सरकारले बंगलादेश, पाकिस्तान र श्रीलङकाबाट सहुलियत दरमा चिनी आयात गर्दा आफूहरुले उत्पादन गरेको चिनीले बजार नपाएको उद्योग संचालकले आरोप लगाएका छन् । सरकारको दोहोरो चरित्रले गर्दा आफूहरुलाई समस्या भएको उनीहरुको आरोप छ ।

उद्योगले किसाबाट खरिद गरेको उखुको दोस्रो किस्ता चैत्र २२ गते भुक्तानी गर्ने र दोस्रो किस्तामा पुष १७ देखि ३० गतेसम्म खरिद गरेका उखु किसानलार्ई रकम दिने जनाएको छ ।

आफूहरुले उत्पादन गरेको चिनी बिक्री नहुँदा चिनी नै धितो राखेर किसानलाई पहिलो किस्ता भुत्तान गरेको कम्पनीले जनाएको छ । नगदे बालीको रुपमा रहेको उखु उधारोमा बेच्नु पर्दा किसान निरास भएका छन् ।

धेरै मेहनत र लगानीमा उखु लगाएका किसानले लगानी अनुसारको प्रतिफल नपाउँदा उखुबारीमा अन्य बाली लगाउन थालेको किसनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here