चितवन,
चैत ६-सनराइज बैंकले चितवनको भरतपुरमा स्वास्थ तथा दुर्घटना बिमा तथा इलेक्ट्रोनिक बैंक को सम्बन्धमा जानकारी तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुरको होटेल स्टार बेन्कुइटमा सम्पन्न उक्त कार्यक्रममा बैंक का सम्पुर्ण ग्राहकलाई डाकेर उक्त कार्यक्रमकाबीच स्वास्थ बिमा तथा इलेक्ट्रोनिक बैंकको बारेमा जानकारी र अन्य विभिन्न कुरा हरुमा समेत छलफल गरि ग्राहकका समस्या को समेत समाधान खोजिएको थियोे ।
बैंक ले ल्याएको स्वास्थ बिमा बैंक मा खाता रहेको क्रियाशिल सदस्य को कुनै स्वास्थ बिमा अन्तर्गत बचतकर्ता हरु ले बैंक बाट स्वीकृत अस्पताल मा भर्ना भै स्वास्थ उपचारमा लाग्ने खर्च रु १ लाख मा नबढ्ने गरि आफ्नो बचत खाता मा रहने बार्षिक औसत मौज्दात को २५ % वा बिल रकम मध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाइने कुरा उक्त कार्यक्रम मा प्रस्तुत गरिएको थियोे ।
बैंक को हाल भइ रहेको सामुहिक दुर्घटना बिमा ब्यबस्था अन्तर्गत दुर्घटना मा परि कुनै बचतकर्ता को मृत्यु वा स्थायी तबरले ब्यक्ति अशक्त भएमा रु ५ लाख नबढ्ने गरि बचतखातामा रहेको मौज्दात को ४ गुणा सम्म दाबी गर्न सकिने बैंक ले बताएको छ ।
सनराइज बैंकको स्वास्थ बिमाको योजना अत्यन्तै आकर्षक र सुविधाजनक भएको उक्त कार्यक्रम मा उपस्थित खातावाला ग्राहक सचेत सुबेदिले बताउनु भयो । नेपाल रास्ट्र बैंक बाट क बर्ग को स्वीकृति पाएको उक्त बैंकका हालसम्म ७४ वटा शाखा ,३ एक्टेन्सन काउन्टर संचालनमा रहेेेका छन् ।