तरकारीको सिण्डिकेट तोड्न सरकारको अन्तिम तयारी

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ ।

सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गरिएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले जानकारी दिनुभयो ।

अब ती स्टल उपभोत्तालाई नै दिने सरकारले तयारी गरेको छ । सरकार तरकारीको सिण्डिकेट तोडन उद्वत रहेको भन्दै मन्त्री यादवले यसको गृहकार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

error: Content is protected !!