spot_img

तरकारी खेतीले फेरिएको जीवन, १७ जनाको परिवार चलाएर वार्षिक १४ लाख बचत

रुपन्देही – तीन बर्ष अघिसम्म निर्वाहमुखी कृषि गर्दै आएका रुपन्देही तिलोत्तमा रगरगञ्जका कृषकहरु व्यवसायिक कृषि तर्फ आकर्षित बन्दै गएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. १४ रगरगञ्जका ५० बर्षीय रामकरण केवटको दैनिकी अहिले यसैगरी खेतीपातीमा व्यस्त बनेको छ ।

२० बर्षदेखि खेतीपाती गर्दै आएका केवट अहिले बल्ल व्यवसायिक रुपमा कृषि पेशा गरिरहेका छन् । १ विगा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका केवटले १७ जनाको परिवार यहि पेशाबाट पालेका छन । त्यति मात्र होइन बार्षिक १२ देखि १४ लाख सम्म तरकारीबाट आम्दानी गर्छन् ।

केवट जस्तै अर्का किसान धनेश बनियाँले पनि व्यवसायी कृषि खेती गर्न थालेका छन् । आफ्ना बुवाहरुले कृषि नै गरेपनि व्यवसायीक रुपमा ४ बर्ष अघिदेखि मात्र खेती गर्न थालेको उनी बताउँछन । १० कठठा क्षेत्रफलमा तरकारी, १० कठठामा बदाम खेती गर्दै आएका बनियाले ६ जनाको परिबार यही पेशाले धानेको छ ।

केवट र बनियाँ जस्तै रगरगञ्जमा अहिले ६० जना भन्दा बढीले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तिलोत्तमा नगरपालिकाले पनि पकेट क्षेत्रको घोषणा गरी विभिन्न योजना रगरगञ्जमा दिएको छ ।

भेन्डी, करेला, तरही, बोडी, लौका, खिरा, काक्रा उत्पादन गर्ने रगरगञ्जका किसानहरुको मुख्य बजार ठुटिपिपल, पुलती बजार, मणिग्राम, कोटिहवा, भलबारी हो । कृषि बाटै समृद्धिको सपना देख्दै आएको सरकारले साच्चिकै कृषकको पहिचान गरी अनुदान बढाउनु आवस्यक छ ।

3 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार