नेपालकाे समृद्धि पर्यटन प्रवद्र्धनबाट सम्भव

काठमाडौं संवाददाता

चैत १ – सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा एक कार्यक्रमका बत्ताले जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित ‘टुरिजम विजनेश अवार्ड’ कार्यक्रमका वक्ताले समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले पर्यटनमा लगानी बढाई प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिइनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण, सेवा गुणस्तर र बजारीकरणलाई तीव्रता दिनुपर्ने सरोकारवाला निकायको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटनबाटै मुलुकको समृद्धि हासिल गर्न प्रवद्र्धनात्मक अभियानलाई गति दिइने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिको असीमित सम्भावना बोकेको क्षेत्र नै पर्यटन भएको उल्लेख गर्दै पर्यटनकै माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।