दश वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडाैं –


सरकारले पर्यटक भित्र्याउनेे महत्वका‌क्षी याेजना बनाएकाे छ । सरकारले अागमी दश वर्ष भित्रमा १० लाख बाह्य पर्यटक भित्र्याउने याेजना बनाएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक गरेको ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’मा अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रको नीतिगत, पूर्वाधार विस्तारलगायत क्षेत्रमा सुधार गर्नुपर्ने बताए ।

खतिवडाले समावेसी आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै आगामी १० वर्षभित्र ५० लाख पर्यटक पुर्याउने प्रभावकारी योजना ल्याइनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा तत्कालीन वाम गठबन्धनले घोषणापत्रमा १० वर्षमा ५० लाख पर्यटक पु¥याउने योजना समावेश गरिएको छ । सोही योजनालाई कार्यान्वयनमा ल्याउन प्रभावकारी कार्ययोजना अगाडि सारिएको मन्त्री डा खतिवडाको भनाइ छ ।

पर्यटन संख्यासँगै जोडिएको विषय भएकाले छिमेकी मुलुक र तेस्रो मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम ल्याउन जरुरी छ । उनले भने ‘भिजन टुरिजम–२०२७’ को अवधारणाका साथ अघि बढेमा लक्ष्यमा पुग्न सहज हुन्छ ।’

त्यस्तै कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको दीर्घकालीन विकास गर्न पहल गरिने बताए । पर्यटकको संख्या बढाई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यका साथ पर्यटकीय पूर्वाधारका रुपमा रहेको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गरी नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा जोड दिइने पनि उनले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे कार्यपत्र प्रस्तुत गर्दै छिमेकी मुलुक चीन र भारत केन्द्रित पर्यटन प्रवद्र्धनका कामलाई अघि बढाइएको र अन्य मुलुकमा पनि प्रवद्र्धनात्मक गतिवधि चलाइने उल्लेख गरे । सञ्चार अभियान, विद्युतीय प्रवद्र्धनलगायत कामलाई अघि बढाइएको सबै याममा पर्यटक भित्र्याउने अभियान चलाइएको जोशीको भनाइ थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

विगतमा ‘भ्रमण वर्ष १९९८’ र ‘नेपाल पर्यटन वर्ष २०११’ मनाइएको थियो । विभिन्न प्रवर्द्धनात्मक अभियानले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को छ महिनाको अवधिमा पाँच लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here