काठमाडौं – नेपालका आम नागरिक विषादीयुक्त अखाद्य बस्तुको प्रयोग गर्न बाध्य छन् । पछिल्लो समय आकर्षक उत्पादन तथा बजारीकरणको होडबाजीका कारण विषादीयुक्त खाद्य बस्तुको उत्पादन तथा बिक्रि वितरण भइरहेको छ । जसले मानब स्वास्थमा प्रत्यक्ष असर गरिरहेको छ ।
खाद्य बस्तुको स्वच्छता विगतको भन्दा केही सुधारउन्मुख भएपनि नागारीक अझै पनि अखाद्य बस्तुको प्रयोग गर्न बाध्य छन् । अखाद्य बस्तुको प्रयोगले ५० प्रतिशत भन्दा बढी नेपालीहरु कुपोषित हुनुका साथै अस्वस्थ जिवनयापन गरिरहेका छन । नेपालमा २३ प्रतिशत अस्वस्थ र गुणस्तरहीन खाद्य बस्तुका कारण मानब स्वास्थलाई प्रत्यक्ष असर गरिरहेको छ । पछिल्लो ८ महिनामा मात्रै ३० अर्व बराबरको खाद्य बस्तु आयात भएको छ ।
नेपालमा दैनिक ५० करोड भन्दा बढी कृषिजन्य खाद्य आयात भइरहेको छ । देशका सबै स्थानमा खाद्य बस्तुको पहुँच पुग्न नसक्दा विषादियुक्त खाद्यको आयात धेरै हुने गरेको छ । यसले स्वास्थका लागि हानिकारक गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्नुपर्ने बाध्यता बढेको छ ।
खाद्य बस्तुको उत्पादनलाई सही व्यवस्थापन र प्रयोग गर्न नसक्दा कोही खान नपाएर त कोही विषदीयुक्त खानेकुरा खाएर मृत्यु वरण गरिरहेका छन । यस्तै आयातलाई प्राथामिता दिँदा देशको कुल ग्राहस्त उत्पादनमा कृषी क्षेत्रको योगदान वर्षेनी खुम्चिदै गइरहेको छ ।