मेरुदण्ड भएका जनावरबाट मानिसमा सर्ने किसिमका र महामारीको रुप लिन सक्ने क्षमता भएका रोगहरुलाई जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने सरुवा रोग भनिन्छ । यस्ता रोगहरु जीवाणु, बिषाणु, ढुसी, प्रोटोजोआ, परजीवी आदिबाट लाग्ने गर्दछन । यसरी पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने किसिमका रोगलाई जुनोजेज ( Zoonoses ) पनि भनिन्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) र बिश्व पशुस्वास्थ्य संगठन (OIE) का अनुसार विश्वभर ७४% मानिसमा आकस्मिक रुपमा देखापर्ने (Emerging) रोगहरु पशुपन्छीबाट सर्ने गरेको पाइएको छ । त्यसैगरी ६०% जनावरमा लाग्ने रोगहरु मानिसमा पनि सर्ने गरेको पाइएको छ ।
दोस्रो बिश्वयुद्ध पछी संयुक्त राज्य अमेरिकाका जनस्वास्थ्य सेवामा कार्यरत प्रशासकहरुले भेटेरिनरी चिकित्साले विशेष चासो राख्ने जनस्वास्थ्यका क्षेत्रलाई जनाउन भेटेरिनरी जनस्वाथ्य शब्दको प्रारम्भ गरेको मानिन्छ । सन् १९९९ मा FAO र WHO को संयुक्त विज्ञ समितिले भेटेरिनरी विज्ञानको प्रयोगबाट मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका निम्ति हुने सम्पूर्ण योगदानलाई नै भेटेरिनरी जनस्वास्थ्य भनेर परिभाषित गरेको छ । भेटेरिनरी जनस्वास्थ्यले पशुबस्तुबाट उत्पादित खाद्यान्नको क्षेत्रमा उत्पादक र उपभोक्ता दुवै तहमा हुने जोखिमहरू तर्फ विशेष ध्यान पुर्याउँछ । विशेष गरी जुनोटिक रोग अनि त्यस्ता रोगहरुले विश्व समुदायमा पुर्याउने नकारात्मक असर न्यूनीकरणमा भेटेरिनरी जनस्वास्थ्यले पहल गर्दछ ।
हालसालै विश्वमा देखापरेका SARS, MERS, स्वाइन फ्लु (H1N1) र बर्ड फ्लु (H5N1) जस्ता भाइरल रोगहरु पनि पशुपन्छीबाट मानिसमा सरेका हुन् भने भर्खरै विश्वलाई हल्लाइरहेको कोभिड–१९ पनि चमेरा जस्ता पशु स्रोतबाटै आएको हुनसक्ने वैज्ञानिकहरुले अनुमान गर्दै आएका छन् । यद्यपी अहिलेसम्म यो रोग कुनै पनि पशुबाट मानिसमा सरेको पुष्टी भने भएको छैन र यसको विषाणु (SARS-CoV2) ले पशुमा संक्रमण गर्न सक्ने क्षमता पनि विश्वव्यापी अनुसन्धानहरुले ज्यादै न्यून देखाएका छन् ।
यस्ता घातक रोगहरु प्रायजसो सर्वप्रथम पशुमा देखिने भएकाले समयमै पहिचान गरेर, अध्ययन तथा अनुसन्धान गरी पशुपन्छी मै नियन्त्रण गर्नु सबैभन्दा उत्तम उपाय हुन सक्दछ । तर यसो गर्न नसक्दा र जैविक सुरक्षाका उचित विधि अपनाउन नसक्दा मानव समुदायसम्म यी रोगहरु फैलिने सम्भावनालाई नकार्न सकिदैन । यसबाट पनि भेटेरिनरी जनस्वास्थ्य विश्वमा देखापर्ने क्रममा रहेका र बारम्बार देखिईरहने (Emerging and Re-emerging) रोगहरुको अनुसन्धान र नियन्त्रणको क्षेत्रमा अग्रपंक्तिमा रहेको सहजै आँकलन गर्न सकिन्छ । पशुचिकित्सकहरु पशुको शारीरिक संरचनादेखि फिजिओलोजी, फर्माकोलोजी लगायत सुक्ष्मजैविक विज्ञान र जैविक प्रविधिका क्षेत्रमा पनि उत्तिकै दक्ष छन् ।
तसर्थ यस्ता किसिमका अनुसंधानहरुमा पशुचिकित्सकको भूमिकाको महत्व र आवश्यकता बुझेर सरकारी एवं निजि क्षेत्रले सदुपयोग गर्न सकेमा यस्ता जैविक विपत्तिहरु बिस्तारै न्यूनिकरण गर्न ठूलो टेवा पुग्ने विश्वास लिन सकिन्छ । यस्ता रोगहरु स्रोतबाटै उन्मुलन गर्न सकेमा मानव स्वास्थ्यमा पर्न सक्ने खतरा धेरै मात्रामा कम गर्न सकिन्छ ।
नेपालको सन्दर्भ
हाल नेपालमा पशु सेवा विभाग अन्तर्गत भेटेरिनरी जनस्वास्थ्य इकाई रहेको छ । २००४ सालमा स्थापित भेटेरिनरी जनस्वास्थ्य शाखा मार्फत पशुपन्छीको रोग अन्वेषण र नियन्त्रण सम्बन्धि आवश्यक विभिन्न कामहरु हुदै आएको छ ।
विश्व पशुस्वास्थ्य संगठन, खाद्यय तथा कृषि संगठन लगायत अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्बन्ध कायम गरी पशुस्वास्थ्य स्थितिको जानकारी लिने र दिने अनि खाद्य सुरक्षा कायम गर्ने काम पनि यस शाखाबाट भैरहेको छ । यसका साथै पशुरोग तथा जनस्वास्थ्य सम्बन्धि रोगहरुको वस्तुस्थिति (Epidemiological status) अध्ययन तथा अनुसन्धान गर्ने र सम्भावित खतराको समयमै विश्लेषण गरी समयमै सूचना प्रवाह गर्नु यस शाखाको प्रमुख जिम्मेवारी रहेको छ ।
करिब ६५.५ प्रतिशत मानिसहरु कृषि र पशुपालनमा आधारित भएका र शिक्षाको अभाव, कमजोर आर्थिक अवस्था र स्वस्थ जीवन जिउने कमजोर अभ्यासले गर्दा नेपालका कृषक वर्गमा जूनोजेजले सहजै आक्रमण गर्न सक्ने खतरा देखिन्छ । पशुवस्तुका वरिपरी भइराख्ने र असल पशुपालन अभ्यास सम्बन्धि बारे थोरै मात्र ज्ञान भएका किसानहरुमा जुनोटीक रोग लाग्ने खतरा बढी हुने गर्दछ ।
पशु व्यवसायीहरु, किसान, पशुचिकित्सक, पशुचिकित्सा प्राविधिक तथा पशुको निम्ति खटिने पशु अधिकारकर्मी पनि जुनोटिक रोगहरुप्रति सवेंदनशील क्षेत्र हुन । तसर्थ किसानहरुलाई यस्ता रोगहरु पशुमा लागेको कसरी पत्ता लगाउने, कसरी नियन्त्रण गर्ने, अनि आफू र आफ्नो परिवार साथै छरछिमेकसम्म पुग्न नदिन के कस्ता सुरक्षाका विधिहरु अपनाउने भन्ने बारे चेतना फैलाउनुमा पनि पशुचिकित्सकहरुको उल्लेखनीय भूमिका रहेको हुन्छ ।
स्वास्थ्य तथा वातावरण मन्त्रालयका अनुसार नेपालका मुख्य जुनोजेजहरु परजैविक , भाइरल, ब्याक्टेरियल र अन्य संक्रमक रोगहरु पनि छन् । न्युरोसिस्टिसकोर्सिस ,लेप्टोस्पाइरोसिस, टोक्जोप्लाजमोसिस, रेबिज, ब्रूसेललोसिस, टियुबरर्क्लोसिस, डेंगु र एभिएन इन्फ्लुएन्जा नेपालमा महामारीको सम्भाव्यता बोकेका र प्राथमिकताका साथ लिइएका जुनोटिक रोगहरु हुन् ।
सन् १९७८ मा रेबिज र जापानिज इन्सेफलाइटिस रोग नेपालका पहाडी र तराइका भूभागमा देखिएपछि पहिलोपटक जुनोजेज प्रमाणीत भएको उल्लेख गरिएको छ । नेपालमा अझै पनि वार्षिक १५०–२०० नेपालीको रेबिजका कारण मृत्यु हुने गरेको पाइएको छ । नेपालका ८ भन्दा बढी जिल्लाहरुमा रेबिज रोग एन्डेमिक (खास बहुभौगोलिक क्षेत्रमा देखापर्ने ) रहेको छ । यस रोगको प्रसार नियन्त्रण गर्न पशुस्वास्थ्य तथा भेटेरिनरी जनस्वाथ्य शाखा /इकाइले सरोकारवालाहरुसँग समन्वय गरी सामुहिक रुपमा देश भरिका कुकुरहरुमा रेबिज विरुद्धको खोप लगाउने कार्य हरेक बर्ष गर्दै आएको छ ।
विशेष गरी एशियामा महामारीको सम्भाव्यता बोकेको बर्ड फ्लु (H5N1) बाट गतवर्ष अप्रिलमा पहिलो पटक एक नेपालीको मृत्यु भएको पुष्टी भैसकेको छ । त्यसैगरी हरेक वर्ष गर्मीयाममा विशेष गरी तराइमा हजारौ मानिसहरु डेंगुबाट संक्रमित हुदै आइरहेका छन् । विशेष गरी काभ्रे लगायत विभिन्न जिल्लामा गर्भ तुहाउने र बाझोपन निम्त्याउने ब्रूसेलोसिस वा माल्टा ज्वरोबाट पनि नेपालीहरु संक्रमित भएको पाइएको छ, जुन रोग संक्रमित गाईभैसीको साल, तुहेको पाडाबाच्छासँगको सन्सर्ग र दुध राम्रोसंग नतताइ पिउनाले सर्दछ ।
यद्यपी ब्रूसेलोसिस विरौको खोप पनि नेपालका केही जिल्लामा गाईभैसीमा लगाउने कार्यक्रम भैराखेका छन् । गाइभैसीमा क्षयरोग (टिबी) लगाउने जीवाणु (Mycobacterium bovis ) बाट पनि श्वासप्रश्वास प्रणाली बाहिर देखिने टिबी प्रशस्त मानिसमा लागेको देखिएको छ । यसैगरी सुँगुर/बंगुरको मासु राम्रोसँग नपकाइ खानाले न्युरोसिस्टिसकोर्सिस नामक स्नायुप्रणालिको रोग पनि नेपालका सुंगुरको मासु (Pork) खाने समुदायमा देखिएको छ । यस्ता किसिमका अरु विभिन्न रोगहरुको नियन्त्रण र निदान गरी स्वस्थ वातावरण, स्वस्थ मानिस र खाद्य सुरक्षा कायम गर्न भेटेरिनरी जनस्वास्थ्य कार्यालय को महत्वपूर्ण भूमिका छ । तसर्थ, भेटेरिनरी जनस्वास्थ्यले खाद्यवस्तु उत्पादन, खाद्य सुरक्षा जुनोजेज नियन्त्रण र वातावरणको सुरक्षाका साथै पशु कल्याणका क्षेत्रमा पनि सरोकार राख्दछ ।
अझै पनि विश्वमा बर्ड फ्लु, स्वाइनफ्लु, सार्स (SARS) जस्ता घातक र कोलिब्यासिलोसिस, साल्मोनेलोसिस जस्ता रोगहरुले हाम्रो वरिपरी रहेर पशुवस्तुलाई हानि गर्नका साथै मानिसलाई पनि सहजै आक्रमण गर्ने खालका रोगहरु निम्तिने क्रम जारी छ । यस्ता रोग फैलिइ सकेपछि महामारीको रुप लिने, अनि परीक्षण र उपचारमा विश्वभरिको जनजीवन र अर्थतन्त्र नै तहसनहस हुने गर्छ । त्यसकारण यस्ता रोगहरु पशुबाट मानिसमा फैलिइ सकेपछि ठूलो आर्थिक क्षति बेहोर्नु भन्दा श्रोतबाटै कसरी यस्ता रोग निर्मुल पार्ने भन्ने तर्फ सबैको ध्यान जानु मानी हुने देखिन्छ ।
तसर्थ, माथिका सबै कुराबाट के प्रष्ट हुन्छ भने भेटेरिनरी जनस्वास्थ्यका क्षेत्रमा अनुसन्धानको पाटोलाई विशेष महत्व दिनुपर्ने तर यसका निम्ति स्रोत र साधनको उपलब्धता नै मुख्य बाधक भएकोले यसको उचित व्यवस्था गर्न जरुरी देखिन्छ । विभिन्न भेटेरिनरी विषयका स्नातक तथा स्नातकोत्तर पढाई संचालन गरिने शैक्षिक संस्थाहरुमा पनि नयाँ र महत्वपूर्ण अनुसन्धानलाई जोड दिई प्राध्यापक र विद्यार्थी दुवै पक्षको हौसला बढाउने कार्य गर्नुपर्ने देखिन्छ ।
राष्ट्रले पनि भेटेरिनरी सेवालाई उचित मुल्यांकन गरेर भेटेरिनरी पेशाको मूल्य र मान्यतालाई बुझी यस पेशाले सधै दिइराखेको सेवालाई शुद्धिढिकरण गर्न विभिन्न किसिमका योजना र कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । साथै नेपालको प्रशाशनिक संरचनामा परिवर्तन भएतापनि हाल केन्द्रमा मात्र भेटेरिनरी जनस्वास्थ्य इकाई रहेको छ ।
तर देशको प्रशाशनिक स्वरूप परिवर्तन भएसँगै प्रदेश स्तरमा पनि त्यहाँ बाहुल्यता भएका जुनोजेस पत्ता लगाई, सोहि अनुसारका आवश्यक स्रोत र साधन व्यवस्थापन गरि भेटेरिनरी जनस्वास्थ्य प्रयोगशालाहरु स्थापना गर्नु जरुरि देखिएको छ । यसो गर्नाले विभिन्न ठाउबाट केन्द्रमा भेटेरिनरी जनस्वास्थ्यको चासो भएका सुचना प्रवाह प्रणाली पनि सहज र समयमै गर्न सकिन्छ भने लक्षित समुदायमा रोग नियन्त्रण गर्न समयमै भेटेरिनरी सेवा प्रदान गर्न सकिन्छ । यसरी भेटेरिनरी जनस्वास्थ्यले जुनोजेस नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न सकिने सम्भावना देखिन्छ ।
एक स्वास्थ्य रणनीति, २०७६ लागु भैसक्दा पनि भेटेरिनरी जनस्वास्थ्य क्षेत्र अझै एक्लिएको भान हुन्छ । यस रणनीति मानव, पशुपन्छी र वातावरण स्वास्थ्य एक अर्कामा अन्र्तरनिहित छन् र कुनै एकमा आंच आएमा बाँकी दुवै पक्ष स्वस्थ हुन नसक्ने सिद्धान्तमा आधारित छ । यतीमात्र नभई विभिन्न संक्रमक पशुरोग नियन्त्रण ऐन, नियमावली तथा आदेश तर्जुमा गरी छिटो भन्दा छिटो लागु गर्न नसक्दा भेटेरिनरी जनस्वास्थ्य अझै पछि पर्न सक्ने देखिन्छ ।
त्यसैले, स्रोतबाट नै जुनोजेसलाई निर्मुल पार्न, वातावरणको रक्षा गर्न, मानव स्वास्थ्यको रक्षा गर्न, स्वस्थ र निर्वाध आयात निर्यात आदि संचालन गर्न, खाद्य सुरक्षा दिलाउन र आर्थिक उन्नती गर्न भेटेरिनरी जनस्वास्थ्य, मानव जनस्वास्थ्य र वातावरण स्वास्थ्यका सरोकारवालाहरुले एकअर्काको दक्षता र ज्ञानको उचित प्रयोग गरी एकैसाथ अगाडी बढ्न जरुरी छ ।
लेखिका डा. सबिना पोखरेल कृषि तथा वन विज्ञान विश्वविद्यालाय रामपुर, चितवनमा भेटेरिनरी चिकित्सा र जनस्वाथ्य विभागमा स्नातकोत्तर तहमा अध्यनरत हुनुहुन्छ ।
priligy dapoxetine amazon Zhou Xu checked it carefully, and found no problem with this arm at all
at Conceptions Reproductive Associates For egg retrieval, embryo testing and IVF for gestational carrier it will cost 24, 000 how to buy priligy as a child
com 20 E2 AD 90 20Viagra 20Generico 20Contrareembolso 2048 20Horas 20 20Quels 20Sont 20Les 20Effets 20Indsirables 20Du 20Viagra viagra generico contrareembolso 48 horas Гў He was innovative Гў He was mysterious, and then we had that magical first year, Гў Maloney, also a friend of RayГў s, said of the run to 1979 Cup Final cytotec online purchase in singapore 9 Sodium Chloride Injection may be stored in a refrigerator for 14 days without significant loss of potency
generic cytotec without rx Most tissue donation occurs after the donor has died
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.