आइ.ए.एस नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँने भएको छ । असार २७ गतेबाट सुरु भएको चौथो राष्ट्रिय सम्मेलनबाट आइ.ए.एस नेपालको नयाँ नेतृत्व चयन हुन लागेको हो ।
कृषि, वन, भेटेरीनरी लगायत विभिन्न क्षेत्रका विद्यार्थीहरुको साझा संस्था आइ.ए.एस नेपालले कृषि क्षेत्रको प्रवद्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । असार २७ गते औपचारिक उद्घाटन भएको चौथो सम्मेलनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहकेो थियो ।
नेपालसहित विश्वका ५८देश आवद्ध यो संस्थाले नेपालका विभिन्न जिल्लामा स्थानीय कमिटी पनि गठन गरेको छ । जारी सम्मेलनमा स्थानीय कमिटीले वार्षिक प्रतिवेदन पनि पेस गरेका छन् । सम्मेलनमा नेसनल कमिटीको वार्षिक प्रतिवेदन तथा आगमी रणनीतिका विषयमा पनि छलफल सकिएको संस्थाकी सदस्य प्रशंसा बेलवासेले जानकारी दिनुभयो ।
आइ.ए.एस नेपालको चौथो सम्मेलनले संस्थाको नीति तथा संगठनात्मक संरचनाका विषयमा पनि छफल गरेको उहाँले बताउनुभयो । आइ।ए।एस नेपालको चौथो सम्मेलन आज नयाँ कमिटीको निर्वाचन गरेसँगै सकिनेछ ।