चितवन
प्रदेश नम्बर तीन अन्र्तगत चितवन र मकवानपुर जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र र चितवन जिल्ला मात्रै कार्यक्षेत्र रहनेगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आज चितवनमा उद्घाटन गरिएको छ ।
चितवन बाट सेवा प्रबाह गर्ने दुई सेवा केन्द्रको प्रदेश नम्बर तीनका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । कार्यत्रममा बोल्दै मन्त्री लामाले प्रदेश नन्बर तीनलाइ कृषि तथा पशुपालनको क्षेत्रबाट समृद्ध बनाउने बताउनुभयो । उहाँले कृषकलाइ दिइने अनुदान परिणाममुखी रहने भन्दै अनुदानका लागी फार्म खोल्ने र पछि पेशा बदल्ने कार्यलाइ अन्त्य गर्ने बताउनुभयो । साथै प्रदेशलाइ कृषि क्षेत्रबाट विकास गर्नका लागी एक जिल्ला एक कोल्ड स्टोर स्थापना,माडी नगरपालिकालाई माछा उत्पादनको हबको रुपमा विकास गर्ने, पहाडी क्षेत्रको चिउरीको महको अन्तराष्ट्रिय बजारमा माग बढिरहेको बेला प्रदेश तीनको पहाडी क्षेत्रमा चिउरीको मह उत्पादनलाई प्रोसाहन गर्ने किसिमका कार्यक्रम सँचालन गरिने जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्रका चितवनका प्रमूख सुधिर श्रेष्ठले प्रदेश अन्तर्गत स्थापना भएको ज्ञान केन्द्रले सबै स्थानिय तहमा विषयगत कृषि विज्ञ राख्न सम्भव नभएकोले विषयगत समस्याको विज्ञहरुबाट समधान दिने कार्यक्रम ज्ञान केन्दले चुस्त तरिकाले गर्ने बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमूख विजयकुमार श्रेष्ठले स्थानिय निकायले गर्न नसक्ने मध्यम तथा जटिल किसिमको रोगको निदान, रोगको उपचार प्रयोगशाला, तथा पशु विकास सेवाको कार्यक्रम विशिष्टकृत ढंग बाट लैजाने बताउनुभयो ।कृषि ज्ञान केन्द्र अन्र्तगत १७ जना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द अन्र्तगत १४ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।